सुन्तला उत्पादनमा वृद्धि « Khabarhub

सुन्तला उत्पादनमा वृद्धि


४ पुस २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

मध्यबिन्दु– नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा यस वर्ष सुन्तलाको उत्पादन बढेको छ । जिल्लामा यस वर्ष गत वर्षको भन्दा दुई सय ३० मेट्रिकटन बढी सुन्तला उत्पादन भएको हो ।

जिल्लाभरका एक सय ९१ हेक्टर क्षेत्रफलको सुन्तला बगैँचाबाट अहिले एक हजार २५ मेट्रिकटन सुन्तला उत्पादन भएको छ । उत्पादित सुन्तला बिक्रीबाट छ करोड १५ लाख आम्दानी भएको नवलपुरस्थित कृषि ज्ञानकेन्द्रका सूचना अधिकारी शंकर पौडेलले बताए । गत वर्ष जिल्लामा सात सय ९५ मेट्रिकटन सुन्तला उत्पादन भएको थियो । 

‘नवलपरासी (बर्दघाट सुस्तापूर्व) को दुई गाउँपालिकाका नौ वडा र अन्य पाँच वडा गरी १४ वडामा तीन हजार दुई सय कृषक सुन्तलाखेतीमा आबद्ध छन् ।’ उनले भने, ‘सुन्तलाखेतीका लागी बौदीकाली र बुलिङटार गाउँपालिकाका क्षेत्रलाई पकेट क्षेत्रका रुपमा लिइन्छ । यसबाहेक धुर्कोट, रतनपुर र र विनयी त्रिवेणीका केही वडामा पनि सुन्तलाखेती राम्रो हुने गर्दछ ।’

प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रममार्फत सुन्तलाको  प्रवर्द्धन गराउन थालिएपछि पछिल्लो समय जिल्लामा क्रमिकरुपले उत्पादन बढ्दै गएको उक्त केन्द्रका प्रमुख गोपाल लामिछानेले बताए । 

सुन्तलाको उत्पादन वृद्धि भएपछि यहाँका किसान उत्साहित भएका छन् । पछिल्लो समय जिल्लाको पहाडी क्षेत्रका किसानको जीविकोपार्जनको गतिलो माध्यम सुन्तला बन्दै गएको छ ।  

पहाडका हरेक गाउँमा कृषि सडक पुगेपछि कृषकलाई आफूले उत्पादन गरेको सुन्तला बजारसम्म ल्याउनु पर्नाको साटो व्यापारी नै गाउँ-गाउँमा आएर किन्ने गरेको कृषकहरूले बताएका छन् ।

जिल्लाको पहाडी क्षेत्रमा उत्पादित सुन्तला स्थानीय बजारसहित बुटवल, पोखरालगायत स्थानमा जाने गरेको छ । पहाडी क्षेत्रमा प्रत्यक्ष र अप्रत्यक्ष गरी करिब तीन हजार दुई सय घर परिवार सुन्तलाखेतीमा आश्रित छन् ।

प्रकाशित मिति : ४ पुस २०७९, सोमबार  ४ : १२ बजे

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा