बारामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु « Khabarhub

बारामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु


४ पुस २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– बाराको निजगढमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । बाराको निजगढ नगरपालिका-१ सिंगौल बस्ने ४७ वर्षीय भोलाप्रसाद तिमल्सिनाको मृत्यु भएको वडा प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक सञ्जीव ओलीले बताए ।

उनी चढेको ना ३४ प ८३३१ नम्बरको मोटरसाइकल विपरीत दिशाबाट आइरहेको ना ६ ख २२६१ नम्बरको ट्रकमा निजगढ नगरपालिका वडा नम्बर १ धन्सार पुल नजिकै ठोक्किएर दिउँसो दुर्घटना भएको थियो ।

दुर्घटनामा ज्यान गुमाएका भोलाको शव पोस्टमार्टमका लागि कलैया अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ४ पुस २०७९, सोमबार  ६ : १३ बजे

सिन्धुलीमा बैंक लुटपाटमा संलग्न लुटेरा स्थानीयको नियन्त्रणमा

सिन्धुली– सिन्धुलीको घ्याङ्लेख गाउँपालिकामा रहेको एसबिआई बैंक लुटपाटमा संलग्न लुटेरालाई

सभापति देउवासँग कुरा नमिलेपछि बाहिरिए महामन्त्रीद्वय थापा र शर्मा

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगन थापा

टिपर दुर्घटनामा एक युवकको मृत्यु

पाल्पा– पाल्पाको रिब्दीकोट गाउँपालिका–२ जोर्तेस्थित विश्वकर्मा मन्दिर नजिकै टिपर दुर्घटना

कांग्रेसको निर्णायक वार्ता महाराजगञ्जमा : सभापति देउवा र महामन्त्रीद्वयबीच छलफल

काठमाडौं – कांग्रेसको विवाद समाधानका लागि सभापति शेरबहादुर देउवा निवास

मधेशमा हुस्सु र कुहिरो, पहाडी भागमा आंशिक बादल

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल