मनरासिस्वामा जनतासँग मेयर कार्यक्रम लागू  « Khabarhub

मनरासिस्वामा जनतासँग मेयर कार्यक्रम लागू 


५ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

जलेश्वर– महोत्तरी जिल्लाको मनरासिस्वा नगरपालिकाले जनताको समस्या बुझ्न जनतासँग मेयर कार्यक्रम लागू गरेको छ । नगरप्रमुख मोहन पाण्डेले नगरभित्रका जनताको दुःख बुझ्न र जनताले चाहे अनुसार विकासका कार्यक्रम गर्न जनतासँग मेयर कार्यक्रमको सुरुआत गरेको बताए ।

उनले  पालिकाको कार्यालयमा बसेर योजना बनाउँदा जनताको दुःख पीडाको जानकारी नभएको समस्या समाधान गर्न नसकेको र आवश्यक विकासको कामसमेत नभइरहेको गुनासो आउन थालेपछि नगरभित्रका प्रत्येक गाउँ टोलमा गएर जनताका समस्या बुझ्दै योजना बनाउन लागेको जानकारी दिए। 

नगरप्रमुख तथा जनप्रतिनिधिको टोलीले नगरवासीकै चाहनाअनुरूप काम गर्ने प्रतिबद्धता जनाउँदै गाउँमै गएर राय सुझाव संकलन गर्दै आएका छन् । गाउँमै योजना बनाउन थालेपछि मनरासिस्वा-४ का नरेश राउत, शिवजी सहनी, दुःखा मुखियालगायतका स्थानीयले आफ्नो टोलमा बाटो, नाला, किसानका लागि सिँचाइको व्यवस्थापन, शिक्षामा देखिएको कमी कमजोरी र स्वास्थ्यचौकीमा पर्याप्त औषधिको व्यवस्था मिलाइदिन आग्रह गरेका छन् ।

वडा नं ५  सुदीश सहनी, रामबाबु यादव र बेचन रायले  गाउँका लागि गाउँमै योजना बनाउँदा दिगो हुने बताए। दश वडा रहेको सो नगरपालिकाको जनसङ्ख्या करिब ५० हजारको हाराहारी  छ ।  नगरप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, योजना शाखाका कर्मचारी, इञ्जीनियर तथा अन्य आवश्यक जनशक्तिसहितको टोली पालिकाको गाउँ–टोलमा पुग्न थालेपछि सर्वसाधारणले साँच्चिकै गाउँ–टोलमै सिंहदरबार र आफ्नो स्थानीय सरकारको अनुभूति गर्न थालेको वडा नं ६ का बलिराम साह, बिर्जु साह र विष्णु सहनीले बताए।

प्रकाशित मिति : ५ पुस २०७९, मंगलबार  ११ : ०७ बजे

खगेन्द्र सुनारको चेतावनी : आरोपितलाई काखी च्यापेर फैसला गर्दै नहिँडौँ

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

देउवा भन्छन्– सबै मिलेर जनतामा आशा जगाउनुपर्नेछ

काठमाडौं – नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

काठमाडौँका यी पाँच स्थानमा वितरण गरिँदैछ ग्यास, नागरिकता अनिवार्य चाहिने

काठमाडौं । नेपाल आयल निगमले शनिबार पाँच स्थानबाट ग्यास वितरण

कुहिरोबाट पिउने पानी सङ्कलन गरेर वितरण

ओखलढुङ्गा – ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिका-५ स्थित मेले गुम्बा टोलमा कुहिरोबाट

बेनी-जोमसोम र बेनी-दरवाङ सडक रातिमा बन्द

म्याग्दी – जिल्ला प्रशासन कार्यालयले म्याग्दीका मुख्य दुई वटा सडकमा