पूर्वराष्ट्रपति ट्रम्पविरुद्ध फौजदारी मुद्दा चलाउन सिफारिस « Khabarhub

पूर्वराष्ट्रपति ट्रम्पविरुद्ध फौजदारी मुद्दा चलाउन सिफारिस


५ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अमेरिकाको क्यापिटल हिलमा भएको हिंसाको छानबिन गरिरहेको संसदीय समितिले पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध फौजदारी मुद्दा चलाउन सिफारिस गरेको छ।

डेमोक्रेटिक पार्टीका सांसदको नेतृत्वमा रहेको समितिले ट्रम्पविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको हो। समितिले ट्रम्पका पूर्व सहयोगी होप हिक्सको एक भिडियो क्लिपबाट चुनावमा हार स्वीकार नगर्न आग्रह गरेको दृष्य पनि सार्वजनिक गरेको छ।

सन् २०२१ को जनवरीमा अमेरिकाको संसद् रहेको क्यापिटल हिल भवनमा ट्रम्पका समर्थकले हिंसात्मक आक्रमण गरेका थिए। राष्ट्रपतीय निर्वाचनमा जो बाइडेनको जित र ट्रम्पको हारको विरोधमा भएको आक्रमणमा एक प्रहरी अधिकारीसहित ५ जनाको मृत्यु भएको थियो।

अमेरिकी तल्लो सदनले गठन गरेको समितिले १८ महिना लगाएर क्यापिटल हिल आक्रमणको छानबिन गरेको हो।

समितिले ट्रम्पविरुद्ध भिड परिचालन गरेको, अमेरिकामाथि धोका र साजि गरेको, कानूनी कामकारबाहीमा बाधा पुर्‍याएको र गलत बयान दिएको आरोप लगाएको छ।

प्रकाशित मिति : ५ पुस २०७९, मंगलबार  ११ : ४२ बजे

आरसिबीका लागि विराटको नटआउट विष्फोटक ब्याटिङ २०२ रनको लक्ष्य १५.४ ओभरमै पूरा

काठमाडौँ – रोयल च्यालेन्जर्स बेङ्गलोर (आरसिबी) ले इन्डियन प्रिमियर लिग

पूर्वमन्त्री कांग्रेस नेता दीपक खड्का पक्राउ

काठमाडौँ – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पूर्वमन्त्री

प्रधानमन्त्री र मन्त्रीको दैनिक ‘मापसे र लापसे’ जाँच गर्न हर्क साम्पाङको माग

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्क

सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

तेह्रथुम– तेह्रथुमको फेदाप गाउँपालिका–१ मा पोक्लाबाङ सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण

बालेन सरकारको निर्णय : स्नातकसम्म पढ्न नागरिकता नचाहिने

काठमाडौँ – सरकारले शिक्षा क्षेत्रको संरचनात्मक सुधारका लागि स्नातक तहसम्मको