धनगढीमा गोली चल्यो « Khabarhub

धनगढीमा गोली चल्यो


५ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

धनगढी– कैलालीको धनगढी उपमहानगरपालिका–९ मा मंगलबार बिहान गोली चलेको छ । चोरी गर्न आएको टोली र स्थानीयबीच मुडभेड हुँदा अकस्मात् गोली चलेको हो ।

गोली मानिसलाई भने नलागेको प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार धनगढी-९ स्थित शिवरामनगर टोलमा लुटपाट गर्न आएका हतियार धारी समुहलाई गाउँलेले लखेटेका थिए ।

गाउँलेले घेरेपछि चोरले हवाई फायर गरेको हुनसक्ने जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए । 

चोर र स्थानीयबीच भएको मुडमेडमा स्थानीय प्रजापति विष्ट सामान्य घाइते भएका छन् । उनको कम्मरमा सामान्य चोट लागेको प्रहरी प्रवक्ता जोशीले बताए । घरमा लुटपाट गर्न आएका लुटेरासँग प्रतिकार गर्न खोज्दा विष्ट घाइते भएका हुन् । 

घटनामा संलग्न भएको आशंकामा प्रहरीले एक जनालाई नियन्त्रणमा लगेको छ । उनमाथि सोधपुछ भइरहेको प्रहरीले जनाएको छ । घटनास्थलबाट प्रहरीले गोलीका खोकाहरू समेत बरामद गरेको छ ।

प्रकाशित मिति : ५ पुस २०७९, मंगलबार  १ : १० बजे

‘प्लेयर अफ द सिरिज’ जित्ने विश्वकै कान्छा खेलाडी बने वैभव : तोडियो सचिनको रेकर्ड

काठमाडौँ – भारतीय युवा ब्याटर वैभव सूर्यवंशी अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमै

चिकित्सक संघको आन्दोलनले अस्पताल सेवा प्रभावित (तस्बिर)

काठमाडौँ– नेपाल चिकित्सक संघले वीरगन्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा

स्वास्थ्यकर्मी सुरक्षा ऐन संशोधन मस्यौदामा सुझाव दिने आज अन्तिम दिन

काठमाडौँ –‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६’ संशोधनका लागि

स्वास्थ्यकर्मीमाथिको कुटपिटप्रति मन्त्रालय गम्भीर, सुरक्षित वातावरण बनाउन आग्रह

काठमाडौँ – स्वास्थ्य तथा जनस्वास्थ्य मन्त्रालयले पछिल्ला केही दिनयता चिकित्सक,

न्यूनस्तरको खाद्यपदार्थ बिक्री गर्ने चार उद्योगविरुद्ध मुद्दा दर्ता

चितवन– न्यूनस्तरको खाद्य पदार्थ बिक्री गरेका अभियोगमा चितवनका चार उद्योगविरुद्ध