माओवादीका केन्द्रीय सदस्य बजगाईँ पार्टीबाट निलम्बित « Khabarhub

माओवादीका केन्द्रीय सदस्य बजगाईँ पार्टीबाट निलम्बित


५ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– माओवादी केन्द्रका केन्द्रीय सदस्य बद्री बजगाईँलाई पार्टीले निलम्बन गरेको छ । पार्टीको भातृ संगठन अनेरास्ववियु (क्रान्तिकारी) मा कार्यरत महिला कार्यकर्ताले दिएको उजुरी र सामाजिक सञ्जाल फेसबुकबाट पठाइएको अश्लिल म्यसेजहरूको प्रतिलिपीसहित बागमती प्रदेश कार्यालयको सिफारिसको आधारमा उनलाई निलम्बन गरिएको हो । 

गत ३ पुसमा पार्टी अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा बसेको केन्द्रीय पदाधिकारी बैठकले उनलाई निलम्बन गरेको हो । बजागाइँविरुद्ध आफ्नै कार्यकर्तालाई यौन दुर्व्यवहार गरेको आरोप लागेको थियो । 

उनी ४ मङ्सिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा माओवादीबाट काठमाडौं -३ का उम्मेदवार समेत बनेका थिए । पछि कांग्रेसका उम्मेदवारलाई पार्टी समर्थन गरेपछि उम्मेदवारी फिर्ता भएको थियो । 

प्रकाशित मिति : ५ पुस २०७९, मंगलबार  २ : १८ बजे

‘सीप र कला कुनै जातको हुँदैन’

महोत्तरी– ‘सीप र कला जातको हुँदैन, दमाहा बजाउँदा मलाई गर्व

विराट कोहलीले तोडे सचिन तेन्दुलकरको कीर्तिमान

काठमाडौं – केही समयको आरामसँगै भारतका ब्याट्सम्यान विराट कोहलीले दक्षिण

घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप

काठमाडौं– भूमि व्यवस्थापन तथा अभिलेख विभागले घर जग्गासम्बन्धी कारोबार गर्न

पेनाल्टीको अवसरले हारबाट जोगियो रियल म्याड्रिड

काठमाडौं – सुरुवाती अग्रता लिएको गिरोनाविरुद्ध पेनाल्टीको अवसर पाएसँगै रियल

एनपीएलमा आज ‘ब्रेक’ : १९ खेल सकिँदा कस्तो बन्यो अंक तालिका ?

काठमाडौं – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबार