सरकारले हरेक नेपालीको घरमा एउटा पानीको धारा बनाउने « Khabarhub

सरकारले हरेक नेपालीको घरमा एउटा पानीको धारा बनाउने


२० असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले हरेक घरमा एउटा खानेपानीको धारा बनाउने अभियान सञ्चालन गरेको छ । आगामी वर्ष भित्र सबै जिल्लालाई खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने योजनाअन्तर्गत सरकारले ‘एक घर, एक धारा र शौचालय’ बनाउने कार्यक्रम शुरु गरिएको खानेपानी मन्त्री बिना मगरको भनाइ छ ।

शुक्रबार राष्ट्रियसभाको बैठकमा विनियोजन विधेयक अन्तर्गत खानेपानी मन्त्रालयको विभिन्न शीर्षकमा सांसदले उठाएका प्रश्नको जवाफमा मन्त्री मगरले तराई÷मधेसका जिल्लाका खानेपानीलाई आर्सेनिक मुक्त बनाउने कामलाई पहिलो प्राथमिकतामा राखिएको पनि बताइन् । यसका कार्यका लागि २१ तराईका जिल्लामा कार्यक्रम जारी रहेको मन्त्री मगरको भनाइ थियो ।

मन्त्री मगरले मेलम्ची खानेपानी आयोजनामा पहिलो चरणको बाँकी रहेको काम सम्पन्न गर्न ठेक्का भई द्रुत गतिमा काम अगाडि बढेको उल्लेख गर्दै मन्त्री मगरले भनिन्, ‘ढुक्क हुनुहोस् अब मेलम्चीको पानी उपत्यका आउँछ ।’
सन् २०३० सम्म खानेपानी र सरसफाइसम्बन्धी दिगो विकास लक्ष्य हासिल गर्न मन्त्रालय प्रतिबद्ध रहेको पनि मन्त्रीको भनाइ थियो । ‘आधारभूत खानेपानीको पहुँच ८८ प्रतिशत र सरसफाइको पहुँच ९९ जनसङ्ख्यामा पुगेको छ । अबको कार्य पुगेको सेवालाई गुणस्तरीय र भरपदोे बनाउनु हो,’ मगरले भनिन् ।

भूकम्पले क्षति पु¥याएका खानेपानी र सरसफाइ योजना अगामी वर्षभित्र सम्पन्न हुने, विश्व बैंकको आर्थिक एवम् प्राविधिक सहयोगमा ग्रामीण खानेपानी र सरसफाइ योजना लागू हुने, पोखरा, भरतपुर जस्ता ठूला शहरमा ठूला शहरी खानेपानी आयोजना कार्यान्वयनमा आएको पनि मगरले बताइन् ।

प्रकाशित मिति : २० असार २०७६, शुक्रबार  २ : ३९ बजे

नेपाली श्रमिकको भिसा प्रभावित नपार्न साउदीसँग श्रममन्त्रीको अनुरोध

काठमाडौं-  युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवसँग नेपालका लागि साउदी अरबका

सामुदायिक वनमा ‘सिमेन्ट’का संरचना नबनाउन आग्रह

काठमाडौं- काठमाडौंको गोकर्णेश्वर नगरपालिका–४ यज्ञडोल (जगडोल) सामुदायिक वन क्षेत्रमा सिमेन्टका

कार्यशैली कमजोर भए पनि जनतामाझ राप्रपाको एजेन्डा स्थापित छ : अध्यक्ष लिङ्देन

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको कार्यशैली र

कर्णाली राजमार्गका १६ वटा रुग्ण ठेक्का तोडिए

जुम्ला– जुम्लास्थित सडक डिभिजन कार्यालयले कर्णाली राजमार्गका सडक निर्माणका लागि

दरवाङमा सडक कालोपत्र गर्न थालियो

दरवाङ– म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङ बजारको सडक कालोपत्र गर्न थालिएको