कांग्रेसले गरेका राम्रा कामको चर्चा हुन सकेन : महामन्त्री शर्मा | Khabarhub Khabarhub

कांग्रेसले गरेका राम्रा कामको चर्चा हुन सकेन : महामन्त्री शर्मा


५ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडाैँ – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेस सरकारका पालामा भएका राम्रा कामको चर्चा हुन नसकेको बताएका छन् ।नेपाल ट्रेड युनियन कांग्रेसका जिल्ला एवं आबद्ध सङ्घका अध्यक्षको विशेष भेलालाई आज सम्बोधन गर्दै महामन्त्री शर्माले कांग्रेस सरकारको पालामा राम्रो काम भए पनि उक्त कामको चर्चा हुन नसकेको बताएका हुन् ।

“शेरबहादुर देउवा पटकपटक प्रधानमन्त्री भएर राम्रो काम गरे पनि चर्चा हुन सकेन”, उनले भने । देउवा प्रधानमन्त्री हुँदा मुक्तकमैया, दलित, महिला, जनजातिलगायतका आयोगको स्थापना हुन सम्भव भएको महामन्त्री शर्माको भनाइ छ ।

महामन्त्री शर्माले अहिले प्रधानमन्त्री र राष्ट्रपतिका लागि सबै दलहरू लडिरहेको भन्दै देशलाई अभिभावकको खाँचो रहेको बताए । उनले नेकपा (माओवादी केन्द्र)ले अहिले सत्ताको आकाङ्क्षामा अर्को गठबन्धनको खोजी गर्नु गठबन्धन र जनाताको मर्मविपरीत भएको बताए । उनले गठबन्धनले विभिन्न आलोचनालाई चिरेर एउटा परिणाम ल्याएको भन्दै सत्ताको आकाङ्क्षा र आग्रह, पूर्वाग्रहभन्दा माथि उठेर जानुपर्ने बताए ।

महामन्त्री शर्माले विगतको भन्दा पृथक ढङ्गबाट सरकार चलाउन नसके आममानिसमा राजनीतिक दलहरूप्रतिको भरोसा सकिने स्पष्ट पारे । उनले श्रमिकको बिमा अभियानका नाममा राष्ट्रव्यापी बिमा अभियान चलाउन जरुरी रहेको उल्लेख गरे ।

प्रकाशित मिति : ५ पुस २०७९, मंगलबार  ८ : ४५ बजे

बबई नदीमा जलसतहले खतराको तह पार गर्‍यो

काठमाडौं– बबई नदीमा जलसतहले खतराको तह पार गरेको छ ।

डोका बिक्रीबाट राम्रो आम्दानी 

भोजपुर– भोजपुर टेम्केमैयुङ गाउँपालिका–१ तिम्माका ४० वर्षीय चन्दबहादुर तामाङले डोका

एनसेल बन्यो ‘भोल्टे रोमिङ सेवा’ सुरु गर्ने पहिलो नेपाली टेलिकम कम्पनी

काठमाडौं– नेपाल भ्रमणमा आउने विदेशीका साथै नेपाल बाहिर जाने ग्राहकका लागि

जनचासो सम्बोधन गरेर विधेयक समितिले कानुन परिमार्जन गर्नेछ : गृहमन्त्री

काठमाडौं– गृहमन्त्री रमेश लेखकले बाहिर भइरहेका चर्चा, चासो र चिन्ता

बडीमालिका यात्रामा धनगढीदेखि जुम्लासम्मका सरकारी टोली, स्थानीय तहले दिए सार्वजनिक विदा 

धनगढी– बडीमालिका धार्मिक यात्रा २०८२ सुरु भएको छ । धर्तीको