‘कांग्रेसले सबैलाई मिलाउन सक्ने नेतालाई संसदीय दलमा चुन्यो’ « Khabarhub

‘कांग्रेसले सबैलाई मिलाउन सक्ने नेतालाई संसदीय दलमा चुन्यो’


६ पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीले सबैलाई मिलाएर लैजान सक्ने नेतालाई संसदीय दलको नेता चयन गरेको बताएका छन्।

आज सम्पन्न कांग्रेसको संसद‍ीय दलको चुनावबाट सभापति शेरबहादुर देउवा निर्वाचित भए पछि पत्रकारसँग उनले देउवा नै सबैलाई मिलाएर लैजान सक्ने नेता भएको प्रतिक्रिया दिए।

‘अनेक आलोचना र नकारात्मक कुरा भइरहँदा पनि उहाँबाट गलत टिप्पणी र नकारात्मक सोच कहिले रहेन’, महतले भने, ‘सबैलाई मिलाएर लानुभयो। टिकट पनि सबैलाई मिलाएर दिनु भयो। सबैको समझदारीमा पार्टीलाई अगाडि बढाएर लैजानु भयो।’

उनले देउवाकै नेतृत्वमा सत्ता गठबन्धनको सरकार बन्ने संकेत पनि गरेका छन् । ‘उहाँकै नेतृत्वमा गठबन्धनको बहुमतको छेउमा छौँ। हाम्रो पार्टीका सांसद साथीहरु परिपक्व छन्। परिपक्व साथीहरु जनताबाट निर्वाचित भएर आएका हुन्’, उनले भने, ‘कांग्रेसले अनुभवी र जोड्ने नेतृत्वलाई निर्वाचित गरेको छ। कुरा होइन काम गर्ने नेतृत्वलाई चुनेको छ।’

प्रकाशित मिति : ६ पुस २०७९, बुधबार  १२ : ०८ बजे

स्वास्थ्य मन्त्रालयको प्रशासनिक संरचना एकीकृत गरिँदै, सचिव देवकोटा नयाँ कार्यकक्षमा स्थानान्तरण

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले प्रशासनिक समन्वय र सेवा

बालेनको मन्त्रिपरिषद्ले सुनसरी तनावबारे एक शब्द बोलेन, सरकारका प्रवक्ता पनि पत्रकारलाई छल्दै बाटो लागे

काठमाडौं- गत आइतबारदेखि सुनसरीको देवानगञ्जबाट सुरू भएको दुई समुदायबीचको तनावपछि

९ वटा विधेयक संघीय संसदमा पेश गर्न मन्त्रिपरिषद्ले दियो स्वीकृति

काठमाडौं– विभिन्न ९ वटा विधेयकलाई संघीय संसदमा पेश गर्न मन्त्रिपरिषद्ले

यी हुन् मन्त्रीपरिषद्का चार निर्णय

काठमाडौं– सरकारले विभिन्न कानुन संशोधन तथा नयाँ विधेयक संसद्मा पेश

बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुग्यो

नेपालगञ्ज– बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुगेको छ । राष्ट्रिय बाघ