सूचना प्रवाहलाई सहज बनाउँदै जिल्ला प्रशासन « Khabarhub

सूचना प्रवाहलाई सहज बनाउँदै जिल्ला प्रशासन


६ पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

मनाङ– जिल्ला प्रशासन कार्यालयले यहाँका सार्वजनिक निकायमा सूचना अधिकारी तोकेर सूचना प्रवाहलाई सहज बनाउने उद्देश्य लिएको छ । जिल्लास्थित सामुदायिक एवं सार्वजनिक निकायका प्रत्येक कार्यालयमा सूचना अधिकारीसँग नियमित मासिक बैठक बसी सूचनामा एकरूपता ल्याइने प्रमुख जिल्ला अधिकारी रविन्द्रप्रसाद आचार्यले जानकारी दिए ।

उनका अनुसार सबै सामुदायिक एवं सार्वजनिक निकायमा सूचना अधिकारी तोकी सहज सेवा प्रवाहको सुनिश्चितता गरिएको छ । जिल्ला प्रशासन कार्यालयमा हेर्न र सुन्न सकिने नागरिक बडापत्र सञ्चालनमा ल्याइएको उनले बताए।  

प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्य निर्वाचन, २०७९ लाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न योगदान पु¥याएका जिल्ला सुरक्षा समितिका सदस्य तथा सुरक्षा निकायका प्रमुख, अधिकृत तथा जवानलाई प्रशंसापत्रबाट सम्मान गरिएको आचार्यले जानकारी दिए । 

‘प्रत्येक पालिका तथा सामुदायिक कार्यालयमा डिजिटल बडापत्र राखी जिल्लावासीलाई सहज रुपमा हरेक कार्यको सूचना प्रवाह तथा जानकारी गराउने प्रयासमा छौँ’, उनले भने, ‘विकट जिल्ला भएकाले सूचनालाई प्रभावकारी बनाउनुपर्ने छ, सोहीअनुरूप कार्य अगाडि बढाउँदैछौँ ।’

प्रकाशित मिति : ६ पुस २०७९, बुधबार  १ : २३ बजे

कृष्णभीरमा बिहीबार बिहानदेखि दुईतर्फी सडक सञ्चालन हुने

चितवन– कृष्णभीरमा नयाँ ‘ट्र्याक’ खोलेर बिहीबार बिहानदेखि दुईतर्फी सञ्चालन गरिने

सर्वसुलभ प्रसूति सेवा उपलब्ध गराउन राष्ट्रियसभा सदस्यहरूको माग

काठमाडौं- राष्ट्रियसभा सदस्यहरूले देशभर सर्वसुलभ र गुणस्तरीय प्रसूति सेवा उपलब्ध

रविले राख्दै आएको सर्वदलीय बैठक उच्चस्तरीय स्थायी राजनीतिक संयन्त्रमा परिणत

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आह्वानमा बुधबार बसेको

भीरबाट ट्याक्टर खस्दा दुई जनाको मृत्यु

ओखलढुङ्गा–  मानेभञ्ज्याङ गाउँपालिका–९ मा भीरबाट ट्याक्टर खस्दा दुई जनाको मृत्यु भएको

रविलाई प्रश्न : सर्वदलीय बैठक र उच्चस्तरीय संयन्त्रलाई प्रधानमन्त्रीले नस्वीकारे के गर्नु हुन्छ ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भदौ १० गते