राप्रपाका राणाले लिए राष्ट्रपतिबाट ज्येष्ठ सदस्यको सपथ « Khabarhub

राप्रपाका राणाले लिए राष्ट्रपतिबाट ज्येष्ठ सदस्यको सपथ


६ पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाका ज्येष्ठ सदस्यको रुपमा राप्रपाका पूर्वअध्यक्ष पशुपतिशमशेर जबराले राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ लिएका छन् । बुधबार शीतल निवासमा राष्ट्रपति भण्डारीले राणालाई सपथ गराएकी हुन् ।

बिहीबार ज्येष्ठ सदस्य राणाले दुई सय ७४ प्रतिनिधिसभा सदस्यलाई सपथ गराउने छन् । निर्वाचन आयोगमा भरेको व्यक्तिगत फारममा महिन्द्र राय यादवको उमेर ८५ वर्ष उल्लेख थियो । तर, उनले आफ्नो नागरिकतामा उमेर धेरै भएको भन्दै सपथ नलिने जानकारी गराएपछि आयोगले संसद् सचिवालयलाई ८१ वर्षीय राणालाई ज्येष्ठ सदस्यको नाम पठाएको थियो । सोही नाम संसद् सचिवालयले राष्ट्रपतिलाई बुझाएपछि बुधबार राणाले सपथ लिएका हुन् ।

संसद् सचिवालयले ७ पुस  प्रतिनिधिसभा सदस्यहरूको सपथ हुने सूचना जारी गरेको छ । राष्ट्रपति भण्डारीले आगामी १० पुससम्म प्रधानमन्त्रीमा दाबी गर्न आह्वान गरेकाले अब बिहीबारदेखि दलहरू सरकार गठनको गृहकार्यमा जुट्ने भएका छन् ।

 

प्रकाशित मिति : ६ पुस २०७९, बुधबार  २ : ५४ बजे

सुर्खेत विमानस्थलमा विपद् उद्धार पोखरी निर्माण सुरु

काँक्रेविहार- सुर्खेत विमानस्थल परिसरमा मानवीय सहायता तथा विपद् उद्धार पोखरी

मन्त्रिपरिषद बैठकः नागरिकता नियमावली संशोधनदेखि इराक जानेलाई श्रम स्वीकृतिसम्म

काठमाडौं- सरकारले ‘नेपाल नागरिकता चौथो संशोधन नियमावली २०८२’ स्वीकृत गर्ने

पशुपतिनाथमा रातभर धनुर्मास पूजा

काठमाडौं- प्रत्येक वर्ष सूर्यनारायण धनु राशिमा रहेका बेला शुभ साइत

धुलिखेलमा जिल्लास्तरीय भेट्रान–पुरुष भलिबल प्रतियोगिता सुरु

काभ्रेपलाञ्चोक- न्यू गौखुरेश्वर युवा क्लब धुलिखेलको आयोजनामा गौखुरेश्वर कप काभ्रेपलाञ्चोक