भारतीय तरकारी र फलफूलको विषादी परीक्षणबाट पछि हट्यो सरकार « Khabarhub

भारतीय तरकारी र फलफूलको विषादी परीक्षणबाट पछि हट्यो सरकार


२० असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतबाट आउने तरकारीको विषादी परीक्षण कार्य स्थगित भएको छ ।

आधुनिक प्रयोगशाला नभएका कारण तत्काल परीक्षण सम्भव नभएकाले सरकारले भारतबाट आउने तरकारीको विषादी परीक्षण स्थगित गरेको हो ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवका अनुसार तत्काल परीक्षण कठिन देखिएकाले पूरानै प्रक्रियाबाट तरकारीको जाँचपास हुने निर्णय गरिएको हो ।

मन्त्री यादवका अनुसार तरकारी नाकामै कुहिने समस्या देखापरेका कारण अहिलेलाई पुरानै प्रकृयाबाट जाँचपास गराउने निर्णय भएको छ ।
तरकारीको विषादी परीक्षणका लागि चाँडै प्रयोगशाला बनाउने निर्णय मन्त्रिपरिषद्ले गरेको उनको भनाइ छ ।

परीक्षण नगर्न भारतको दबाब 

भारतबाट आयात हुने तरकारी तथा फलफूलको विषादी परीक्षणमा नेपाल सरकारले कडाइ गरेपछि भारतले खुलाउनका लागि दबाब दिँदै आएको थियो । भारतीय राजदूतावासले नेपालस्थित वाणिज्य मन्त्रालयलाई पत्र नै पठाएर भन्सारमा तरकारी र फलफूल रोकिएकोमा आपत्ति जनाएको थियो ।

असार २ गते राजपत्रमा सूचना प्रकाशित गरेर सरकारले भन्सार बिन्दुमा क्वारेन्टाइन र जीवनाशक विषादीको अवशेष अनिवार्य परीक्षण गर्ने नीति कार्यन्वयनमा ल्याएको थियो ।

नेपालको नीति परिवर्तन भएपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र लेख्दै नेपालस्थित भारतीय दूतावासले नेपालको सीमा–नाकामा आइपुगेका आफ्ना देशको कृषिजन्य उत्पादन बोकेका सवारी साधन नरोक्न आग्रह गरेको थियो ।

दूतावासले १४ असारमा पठाएको पत्रमा भारतीय पक्षले प्लान्ट क्वारेन्टाइन सूचना प्रणाली एवं अन्तर्राष्ट्रिय वनस्पति सुरक्षा महासन्धीअनुसार सीमा–नाकामा भारतीय तरकारी र फलफूल बोकेका सवारी साधन रोक्न नमिल्ने जिकिर गरेको थियो । नेपालको निर्णयबाट आफ्ना किसान तथा व्यवसायीले ठूलो क्षति ब्यहोरेको भन्दै भारतले यस्तो काम बन्द गर्न आग्रह गरेको थियो ।

सरकारले निकासी–पैठारी आदेश संशोधन गरेर ताजा तरकारी तथा फलफूल आयात गरिँदा भन्सार बिन्दुमा क्वारेन्टाइन र जीवनाशक विषादीको अवशेष परीक्षण अनिवार्य गर्नुपर्ने व्यवस्था गरेको थियो । ३ असारदेखि कार्यान्वयनमा आएको उक्त व्यवस्थापछि भारतबाट नेपाल भित्र्याउन लागिएको तरकारी तथा फलफूल बोकेका ट्रक तथा कन्टेनरहरूको भन्सार जाँच पास रोकिएको थियो ।

यसअघि क्वारेन्टाइन मात्रै परीक्षण हुने नाकामा विषादीको मात्रा परीक्षण अनिवार्य गरिएपछि सुनौली र विराटनगर भन्सार नाकामा तरकारी तथा फलफूल बोकेका भारतीय सवारी रोकिएका थिए ।

प्रकाशित मिति : २० असार २०७६, शुक्रबार  ५ : ०६ बजे

नेपाली श्रमिकको भिसा प्रभावित नपार्न साउदीसँग श्रममन्त्रीको अनुरोध

काठमाडौं-  युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवसँग नेपालका लागि साउदी अरबका

सामुदायिक वनमा ‘सिमेन्ट’का संरचना नबनाउन आग्रह

काठमाडौं- काठमाडौंको गोकर्णेश्वर नगरपालिका–४ यज्ञडोल (जगडोल) सामुदायिक वन क्षेत्रमा सिमेन्टका

कार्यशैली कमजोर भए पनि जनतामाझ राप्रपाको एजेन्डा स्थापित छ : अध्यक्ष लिङ्देन

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको कार्यशैली र

कर्णाली राजमार्गका १६ वटा रुग्ण ठेक्का तोडिए

जुम्ला– जुम्लास्थित सडक डिभिजन कार्यालयले कर्णाली राजमार्गका सडक निर्माणका लागि

दरवाङमा सडक कालोपत्र गर्न थालियो

दरवाङ– म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङ बजारको सडक कालोपत्र गर्न थालिएको