मोटोपना र खानपानले महिलामा धेरै समस्या | Khabarhub Khabarhub

मोटोपना र खानपानले महिलामा धेरै समस्या



काठमाडौँ – नेपालमा पोलिसिस्टिक ओभरी सिन्ड्रोम (पिसिओडि) २० देखि ४० वर्षको महिलामा धेरै देखिने गरेको छ । पछिल्लो समय यो समस्या धेरै बढेको तथ्याङ्कहरू बाहिर आएका छन् । यसै विषयमा आधारित रहेर शिक्षण अस्पतालमा कार्यरत वरिष्ठ गाईनोक्लोजिष्ट डाक्टर निभा ओझासँग खबरहबका लागि विना न्यौपानेले गरेको कुराकानीको सम्पादित अंश:

महिला प्रजनन स्वास्थ्यमा पिसिओडि कस्तो समस्या हो ?
हाम्रो पाठेघरको छेउ छेउमा जुन अन्डा हुन्छ,त्यसलाई हामी ओभरी भन्छौँ । जुन अन्डा महिनामा एउटा बन्नु पर्ने मा त्यो धेरै बन्यो भने यो पोलिसिस्टिक ओभरीयन्स भनिएको हो । पहिलाको तथ्यांक हेर्दा यो बच्चा पाउने उमेरका महिलाहरूमा यो देखिन्छ । विशेष गरी महिनावारी समयमा नहुने र कसैको सामान्य महिनावारी हुने मा पनि हामीले अल्ट्रासाउन्ड गर्दा पनि २० प्रतिशतमा यो देखिन्छ । अहिलेको परिवेशमा नयाँ जीवनशैलीलाई हेर्दा खानाहरू धेरै छ र व्यायामहरू थोरै छ ।मोटोपनाले पनि विभिन्न रोगहरू बढाएको छ । यो विशेष गरी २० देखि हुने भनिन्छ तर यो १४ वर्षका केटीहरूमा पनि हुन्छ । शरीरमा एन्ड्रोजेनको स्तर बढेसँगै प्रजनन स्वास्थ्यमा अति आवश्यक हर्मोनहरूको स्तर घट्दै जाने गर्दछ ।

दीर्घकालीन रूपमा यसले कस्तो असर गर्ने हो ?
जो महिलाहरूमा पोलिसिस्टिक ओभरीयन्स धेरै रहेको हुन्छ । एउटा मात्र अन्डा बन्ने ठाउँमा धेरै अन्डाहरू धेरे बन्ने हुँदा हाम्रो शरीरमा यो स्टेचिङ भन्ने हर्मनहरु धेरै बन्ने हुन्छ । त्यस्तो हुँदा ४० वर्ष कटेपछि अरू महिलाको तुलनामा उनीहरूमा पाठेघरको क्यान्सर धेरै देखिने हुन्छ । मोटोपना धेरै हुने, इन्सुलिनको मात्रा पनि बढ्ने हुनाले मुटुमा समस्या देखिने हुन्छ ।

एन्ड्रोजेन हर्मन किन बिग्रिने हुन्छ त ?
यसले हाम्रो इन्सुलिन भन्ने हर्मन बढाइदिन्छ र स्टेचिङ हर्मन पनि बढाइदिन्छ ।उमेर अनुसारको महिला समस्याहरू लिएर आएका हुन्छन् । खासमा १५ देखि १६ वर्षका नानीहरू समयमा महिनावारी नहुने समस्या लिएर आउँछन् । र, महिनावारी भएको बेला पनि राम्रोसँग नहुने समस्या लिएर आउँछन् । दारी जुँगा धेरै आउने समस्या पनि हुन्छ । हर्मनको गडबडीका कारणले प्रेसर सुगर मुटुको रोग पनि हुन्छ ।

यो समस्या हुँदा कस्ता कस्ता लक्षणहरू देखा पर्दछन् त ?
पोलिसिस्टिक ओभरीयन्स भनेको तिन ओटा आधारहरू हुन्छन् । एउटा कोही महिलामा महिनावारीको समयमा भएन भने यो हो कि भनेर बुझ्नु पर्ने हुन्छ । कसैलाई बच्चा चाहेको छ तर बच्चा भएको छैन भने पनि यो हो की भन्ने बुझ्नु पर्दछ । आफ्नो उमेर र लक्षणका आधारमा जाँच गरेर समस्याका पहिचान हुन्छ ।

यस्तो समस्या लिएर अस्पताल गए पछि उपचार कसरी हुन्छ ?
उपचार भनेको उसलाई यो पोलिसिस्टिक ओभरीयन्सले के समस्या भएको छ त्यसको हामीले उपचार गर्छौ । यसको कारणले नै महिलाहरूमा महिनावारी एकदमै बिग्रिएको छ, समयमा छैन । २ देखि ६ महिनाको अन्तरालमा महिनावारी भएको छ भने हामीले समयमा महिनावारी हुने औषधिहरू दिन्छौँ । खानपानमा ध्यान दिने आफ्नो तौललाई सही राख्ने, दारी रौँहरू आएको छ भने त्यसको उपचार समयमा गर्ने ।

यो समस्या नआओस् भनेर पहिला नै के के कुरामा ध्यान दिने त ?
सुरु देखि नै हाम्रो खानपानलाई ध्यान दिने, तौललाई मिलाउने गर्याे भने यो समस्याबाट मुक्ति पाउन सकिन्छ ।

सबै कुरालाई ध्यानमा राख्दा पनि पहिलाको अवस्थामा पुग्न सकेन भने के गर्ने त ?
यो जीवनशैलीमा सुधार खानपानमा ध्यान दिने भनेको एउटा उपचार पदृती मात्र हो । कतिलाई सामान्य छ भने यति गर्दा पनि निको हुन्छ । तर यति गर्दा पनि निको नभए अन्य औषधिहरू पनि चलाउँछौँ । त्यति ले पनि भएन भने अप्रेसन पनि गर्नु पर्दछ ।कुन र कति सम्म उपचार चाहिन्छ उहाँहरूको अवस्था हेरेर थाहा हुन्छ ।

तपाइकोमा कस्तो कस्तो समस्या लिएर कुन स्टेजमा महिलाहरू आउनु भएको छ त ?
धेरै आउने भनेको महिनावारीको गडबडी भएका आउनु हुन्छ । कति पय कपाल पलायो भनेर पनि आउनु हुन्छ । इन्फटिलिटीको समस्या पनि धेरै देखिएको छ ।

एउटा वरिष्ठ गाइनोक्लोजिष्ट भएको नाताले के सन्देश दिन चाहनु हुन्छ ?
मोटो पना र खानपानले धेरै समस्या ल्याएको छ ।पहिला महिलाहरू धेरै काम गर्ने गर्दथे र तर अहिले महिलाहरू धेरै पसिना बगाउने खालका काम गर्दैनन् । एक ठाउँमा बस्ने र मोबाइल फोन मात्र चलाउने हुँदा पनि धेरे रोगहरू देखिएका छन् । त्यसैले हामीले खानपान र जीवनशैलीलाई परिवर्तन गर्दा पोलिस्टिक ओभरीयन्स मात्र नभई अरू लामो समय सम्म हुने समस्यालाई पनि रोक्न सक्छौँ ।

(प्रस्तुति : पुष्पाञ्जली बस्नेत)

प्रकाशित मिति : ७ पुस २०७९, बिहीबार  ७ : २५ बजे

पर्यटकीय सम्भावनाको केन्द्र दाङको राजाकोट

दाङ– दाङको दङ्गीशरण गाउँपालिका–२ स्थित राजाकोट पछिल्लो समय पर्यटकको आकर्षण

कुलमानको एक्सन : सडक र पुलका थप ५० वटा ठेक्का तोड्न सार्वजनिक सूचना

काठमाडौं – सडक र पुल निर्माणका लागि ठेक्का सम्झौता गरी

व्यावसायिक एभोकाडोखेतीबाट मनग्य आम्दानी

भोजपुर- भोजपुरकाे हतुवागढी–५ होम्ताङमा ७१ वर्षीय सकतबहादुर राईले एभोकाडोको व्यावसायिक

नारायणहिटी दरबार सङ्ग्रहालय अगाडि काग सम्मेलन

काठमाडौं – काग तिहारका अवसरमा कलाकार रमेश दुलाल ‘कागे’ले राजधानीको

चार प्रमाणले सहजै हुन्छ जग्गाको स्रेस्ता कायम, सूचनाको अपव्याख्या नगर्न आग्रह

भू-अभिलेख तथा श्रेस्ता व्यवस्थित गरेर जग्गाधनीको हक संरक्षण गर्ने मुख्य