राष्ट्रपति सी र रुसी नेता मेदभेदेवबीच भेटवार्ता « Khabarhub

राष्ट्रपति सी र रुसी नेता मेदभेदेवबीच भेटवार्ता


६ पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) केन्द्रीय समितिका महासचिव तथा चीनका राष्ट्रपति सी चिनफिङ र युनाइटेड रसिया पार्टीका अध्यक्ष दिमित्री मेदभेदेवबीच भेटवार्ता भएको छ ।

सिपिसीको निमन्त्रणामा चीन भ्रमणमा रहनुभएका रुसी नेता मेदभेदेवलाई राष्ट्रपति सीले आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिनप्रति हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्न अनुरोध गर्दै चिनियाँ कम्युनिष्ट पार्टीको २०औँ राष्ट्रिय महाधिवेशनले आधुनिक समाजवादी देश निर्माण गर्ने तथा राष्ट्रको पुनर्जागरणलाई सबै पक्षमा अगाडि बढाउने लक्ष्य निर्धारण गरेको जानकारी दिए।

राष्ट्रपति सीले आधुनिकीकरणको चिनियाँ बाटो पछ्याउने र विश्वशान्ति एवम् समृद्धिका लागि थप अवसर प्रदान गर्नेमा आफू पूर्ण विश्वस्त रहेको बताउँदै चिनियाँ कम्युनिष्ट पार्टी र युनाइटेड रसिया पार्टीबीचको संस्थागत आदान–प्रदान दीर्घकालीन रूपमा दुई देशका लागि राजनीतिक आपसी विश्वासलाई सुदृढ गर्न उपयोगी हुने विश्वास व्यक्त गरे ।

दुई पक्षबीचको वर्तमान आदानप्रदान तेस्रो दशकमा प्रवेश गरेको उल्लेख गर्दै चिनियाँ राष्ट्रपतिले दुई पक्षबीचको शासन अनुभव, विकास रणनीतिलाई एकीकरण गर्ने र राजनीतिक दलहरूबीच अन्तर्राष्ट्रिय तथा बहुपक्षीय सहयोगलाई प्रवद्र्धन गर्ने विषयमा गहन संवाद जारी राखिने बताए । चीन–रूस बृहत् रणनीतिक समन्वयलाई अझ सुदृढ बनाउनुपर्नेमा उनले जोड दिए ।

प्रकाशित मिति : ६ पुस २०७९, बुधबार  ९ : २३ बजे

बाँकेमा बीस नयाँ मतदान केन्द्र कायम

नेपालगन्ज– यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

थाइल्यान्डद्वारा १८ जना कम्बोडियाली सैनिक रिहा

एजेन्सी– दुई राष्ट्रहरू बिचको नयाँ युद्धविरामले उनीहरूको विवादित सीमामा लामो

चन्द्रप्रसाद ढकालको गुनासो- निजी क्षेत्र ढुक्क भएर लगानी गर्न सक्ने वातावरण भएन

काठमाडौं– निजी क्षेत्र ढुक्क भएर लगानी गर्न सक्ने वातावरण नभएको

समानुपातिकको सूचीले उज्यालो पार्टीमा छाएको अँध्यारो, मध्यरातमा कुलमान सहकर्मीको कठघरामा

काठमाडौं– मंगलबार राति काठमाडौँमा उपलब्ध उज्यालो नेपालका केही केन्द्रीय सदस्य