मेसी अझै एक वर्ष पिएसजीमा रहने « Khabarhub

मेसी अझै एक वर्ष पिएसजीमा रहने


७ पुस २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


252
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्व च्याम्पियन लियोनल मेसीले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) सँग एक वर्षको सम्झौता नविकरण गर्ने भएका छन् । मेसीले सन् २०२४ सम्म फ्रेन्च राजधानी बस्ने निर्णय गरेको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् ।

गत आइतबार मेसीको कप्तानीमा रहेको अर्जेन्टिनाले फ्रान्सलाई पराजित गर्दै विश्वकप जितेको थियो । मेसीले आफ्नो खेल जिवनमा पहिलो पटक विश्वकपको ट्रफी उचालेका थिए ।

३५वर्षीय मेसी विश्वकपसँगै करियरमै उच्च लयमा छन् । मेसी सन् २०१५ पछि च्याम्पियनन्स लिग उपाधि जित्ने योजनामा छन् । बार्सिलोनाका उपाधिको चाङ लगाएका मेसी पिएसजीमा समेत सोहि अवस्था सिर्जना गर्न चाहन्छन् ।

अहिले भने मेसी अर्जेन्टिनाको विजयी र्यालीमा समावेश छन् । उनि अझै केहि साता अर्जेन्टिनामै रहन सक्छन् । मेसी फर्किएसँगै सम्झौतामा हस्ताक्षर हुने बताइएको छ । पिएसजी अध्यक्ष नासिर अल खेलाफि र स्पोर्टस् डाइरेक्टर लुइस काम्पोस तयार अवस्थामा रहेका छन् ।

प्रकाशित मिति : ७ पुस २०७९, बिहीबार  ८ : १६ बजे

वार्षिक समीक्षामा मन्त्रीले भनिन्- सेवा प्रवाह प्रभावकारी बनाउनू

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा

खहरे खोलाको पहिरो अध्ययन गर्न विज्ञ बोलाइने

चितवन– नारायणगढ-मुग्लिन सडकखण्डको खहरे खोलामा एकाएक पहिरो झरेपछि अध्ययनका लागि

सद्भावको सन्देश लिएर जिल्ला जान आफ्ना सांसदहरुलाई रविको निर्देशन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना सांसदहरुलाई सद्भावको

सामाजिक सञ्जाल र पत्रकारलाई एकै घानमा हालेर सञ्चारमन्त्रीले लगाए भ्रम फैल्याएको आरोप

काठमाडौं- सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमल्सिनाले सुनसरीसहित मधेश प्रदेशका