राष्ट्रपतिको भूमिकाबारे गगन थापाले उठाए प्रश्न  « Khabarhub

राष्ट्रपतिको भूमिकाबारे गगन थापाले उठाए प्रश्न 


७ पुस २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कांग्रेस महामन्त्रीसमेत गगनकुमार थापाले राष्ट्रपतिको भूमिकाबारे सदनमा छलफल हुनुपर्ने बताएका छन् ।

नयाँबानेश्वरस्थित संघीय संसद् भवनमा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ ग्रहणपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले अब राष्ट्रपतिको भूमिकाबारे सदनमा छलफल हुनुपर्ने बताएका हुन् । 

सार्वभौम सम्पन्न संसदले पास गरेर पठाएका विधेयकलाई राष्ट्रपतिले आफ्नो मनको आधारमा ठिक वा बेठिक भन्नु सदनको अधिकार खोसिएको हुने भन्दै थापाले राष्ट्रपतिको भूमिकाबारे संसदमा छलफल हुनुपर्ने बताएका हुन् । 

संघीय संसदका दुवै सदन राष्ट्रिय सभा र प्रतिनिधिसभाले पारित गरेर प्रमाणीकरणका लागि पठाएको नागरिकता विधेयकलाई राष्ट्रपति विद्यादेवी भण्डारीले रोकेर राखेकी छन् ।

 हालै सरकारले पठाएको मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ११६ संशोधन गर्न बनेको अध्यादेश पनि राष्ट्रपति भण्डारीले रोकेकी छन् । 

नागरिकता विधेयकबारे संसदमा छलफल हुनुपर्ने बताउँदै उनले राष्ट्रपतिलाई दिएको भूमिकाबारे पनि छलफल हुनुपर्ने बताएका हुन् ।

प्रकाशित मिति : ७ पुस २०७९, बिहिबार  ४ : २१ बजे

दसैँमा रातो वा सेतो टीका किन लगाइन्छ ?

दसैँ भन्नेबित्तिकै धेरै नेपालीको मनमा निधारभरि रातो टीका, कानमा सिउरिएको

दसैँ मनाउँदा एकअर्काको सहारा बन्न कांग्रेसका सभापति थापाको आह्वान

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगन थापाले देशमा आइपरेको राष्ट्रिय

दसैँको मुख्य दिन, टीकाको उत्तम साइत १०ः२६ बजे

काठमाडौँ – बडा दसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक ४ गते बुधबार सन् २०२६

आज २०८३ साल कात्तिक ४ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ४ गते बुधबार सन् २०२६