पूर्वप्रधानमन्त्री नेपालको स्वास्थ्यमा सुधार « Khabarhub

पूर्वप्रधानमन्त्री नेपालको स्वास्थ्यमा सुधार


७ पुस २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालको स्वास्थ्य अवस्थामा सुधार देखिएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत रहेका नेता नेपालको स्वास्थ्यमा सुधार भएको उनको उपचारमा संलग्न डा सन्तकुमार दासले जानकारी दिए । उनका अनुसार नेता नेपालमा अहिले ज्वरो नरहेको, श्वासप्रश्वास गर्दा अक्सिजन लगाउन नपरेको र खाना राम्रैसँग खाइरहेका छन् । 

डा दासका अनुसार भोलि पूर्ण रुपमा स्वास्थ्य भई नेता नेपाल घर फर्किने छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपालमा निमोनिया भएपछि यही पुस ५ गते अस्पताल भर्ना भएका थिए । नेता नेपाललाई अस्पतालका उपनिर्देशक डा दासको नेतृत्वमा रहेको चिकित्सकको टोलीले उपचार गरिरहेको छ । 

प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनाल अस्पताल पुगी नेता नेपालको स्वास्थ्यलाभको कामना गरेका थिए ।

प्रकाशित मिति : ७ पुस २०७९, बिहीबार  ६ : ५८ बजे

रास्वपाको आह्वानमा सर्वदलीय बैठक बस्दै, बाढीपछि उत्पन्न परिस्थितिबारे छलफल हुने

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा

‘थप ठूलो बाढी आउने हल्लामा सत्यता छैन’

काठमाडौँ : रसुवा र नुवाकोटमा थप ठूलो बाढी आउन लागेको

रसुवा बाढीबाट घाइतेको निःशुल्क उपचार प्रबन्ध गरेका छौँ : मुख्यमन्त्री थापा

भक्तपुर– बागमती प्रदेशको मुख्यमन्त्री किरण थापामगरले भोटेकोशी बाढीपहिरोका कारण घाइते

बिहीबारका लागि कुन विदेशी विनिमय दर कति ?

काठमाडौँ : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहानैदेखि हेलिकप्टरमार्फत उद्धार जारी रहने

काठमाडौँ : रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण घाइते तथा