मेची रङ्गशालामा अन्तर्राष्ट्रियस्तरको फुटबल प्रतियोगिता हुँदै « Khabarhub

मेची रङ्गशालामा अन्तर्राष्ट्रियस्तरको फुटबल प्रतियोगिता हुँदै


७ पुस २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

झापा– जीर्ण अवस्थामा रहेको झापाकै पुरानो र स्थायी मेची रङ्गशालाको स्तरोन्नतिका लागि अन्तर्राष्ट्रियस्तरको फुटबल प्रतियोगिता हुने भएको छ । जिल्लाको सदरमुकाम भद्रपुर राष्ट्रिय-अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्ने थलो भएता पनि विगत १८ वर्षयता फुटबलका ठूला र प्रतिष्ठित खेलहरू यो रङ्गशालामा हुन नसक्दा जीर्ण भएको हो ।

जीर्ण रङ्गशालाको स्तरोन्नति गर्ने उद्देश्यले भद्रपुर नगरपालिका, विभिन्न व्यवसायीहरू, उद्योगीहरूको संयुक्त पहलमा फागुन अन्तिम सातादेखि ‘भद्रपुर झापा गोल्डकप’ अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता हुने आज पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ । गोल्डकप समितिका अध्यक्ष दीपेश ढकालले अखिल नेपाल फुटबल सङ्घसँगको छलफलपछि खेलको मिति तय हुने पत्रकार सम्मेलनमा जानकारी दिए । जिल्लाको सबैभन्दा पुरानो र व्यवस्थित मेची रङ्गशाला देशका चर्चित र सफल खेलाडीहरूको प्रारम्भिक खेल मैदान हो ।

अठार वर्षअघि आयोजना भएको ‘त्रिभुवन मेमोरियल गोल्डकप’ पछि फुटबलका ठूला र प्रतिष्ठित खेलहरू आयोजना हुन नसक्दा मेची रङ्गशालाको खेल मैदान र थप पूर्वाधारलाई व्यवस्थिति गर्न नसकिएको उनको भनाइ छ ।

उनका अनुसार प्रतियोगिताका विजेताले नगद १३ लाख, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेता टिमले नगद रु सात लाख, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिताका लागि मेची रङ्गशालाको स्तरोन्नति सुरु भइसकेको उनले जानकारी दिए । हाल रङ्गशालामा झार रोप्ने र माटोको स्तर मिलाउने काम भइरहेको छ । ‘यो प्रतियोगिता झापाको प्रतिष्ठित ‘झापा गोल्डकप’ कै निरन्तरताको एउटा कडी भएको पनि जानकारी गराउन चाहन्छौँ’, अध्यक्ष ढकालले भने । बिर्तामोडस्थित डोमालाल राजवंशी रङ्गशालामा आयोजना हुँदै आएको ‘झापा गोल्डकप’लाई यस वर्ष रोकेर मेची रङ्गशालामा ‘भद्रपुर झापा गोल्डकप’ आयोजना गर्न लागिएको हो ।

प्रतियोगितामा नेपालका ‘ए’ डिभिजन क्लबहरूसहित विदेशी टोलीको सहभागिता रहने वरिष्ठ उपाध्यक्ष तथा टिम व्यवस्थापन तथा छनोट उपसमिति संयोजक आदित्य पराजुलीले जानकारी दिए । प्रतियोगितामा १० टोलीको सहभागिता रहनेछ । खेल सञ्चालनका लागि भद्रपुर नगरपालिकाले चालु आर्थिक वर्षमा गोल्डकपका लागि ३० लाख बजेट छुट्याएको नगरप्रमुख गणेश पोखरेलले जानकारी दिए ।

कूल एक करोड ५० लाख खर्च अनुमान गरिएको प्रतियोगिताका लागि बाँकी रकम व्यापारिक प्रतिष्ठानबाट स्पोन्सरका रूपमा संकलन गरिने उनले बताए। प्रतियोगिताका उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फर्वाड र उत्कृष्ट प्रशिक्षकलाई २५ हजार तथा प्रत्येक खेलको ‘म्यान अफ दी म्याच’ खेलाडीलाई नगद १० हजार पुरस्कार प्रदान गरिनेछ ।

प्रतियोगिताका सबै खेलमा भद्रपुर नगरभित्रका सरकारी विद्यालयका विद्यार्थी, ज्येष्ठ नागरिक तथा फरक क्षमता भएका नागरिकलाई प्रवेश निःशुल्क गरिएको अध्यक्ष ढकालले पत्रकार सम्मेलनमा बताए । 

 

प्रकाशित मिति : ७ पुस २०७९, बिहीबार  ७ : ३१ बजे

केपी ओलीलाई पत्थरी, दीपक खड्कालाई पखाला

काठमाडौं- हालै पक्राउ परेका दुई भीभीआईपी नेपाल प्रहरीको हिरासतमा नभई

आगामी बजेट सन्तुलित आउँछ : प्रधानमन्त्री शाह

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले आगामी आर्थिक वर्षको बजेट सन्तुलित

शिक्षा मन्त्रालयले फेरि जारी गर्‍यो ब्रिज कोर्स बन्द गर्ने सूचना

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रवेश परीक्षा तयारी

वरिष्ठ अधिवक्ता भट्टराई भन्छन् : ‘पपुलिजम’को उत्कर्षमा न्यायलयको धेरै भरोसा नगर्नू

काठमाडौं – वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले पपुलिजमको उत्कर्षको अवस्थामा न्यायालयमाथि

श्रीलङ्कामा विद्युतको मूल्य करिब ४० प्रतिशतले वृद्धि

कोलम्बो – श्रीलङ्काले मध्यपूर्वमा युद्धको कारण ऊर्जा अभावको सामना गरिरहेका