हिमालयन एयरलाइन्सको सेल्फग्राउन्ड ह्यान्डेलिङ अनुमति स्थगित « Khabarhub

हिमालयन एयरलाइन्सको सेल्फग्राउन्ड ह्यान्डेलिङ अनुमति स्थगित


७ पुस २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हिमालयन एयरलाइन्सले पाएको भूमिस्थप्रबन्ध (सेल्फ ग्राउन्डह्यान्डेलिङ) को अनुमति स्थगित भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको पुस ४ गते बसेको बैठकले अर्को निर्णय नभएसम्मका लागि अनुमतिपत्र नवीकरण स्थगन गर्ने निर्णय गरेको हो ।

एयरलाइन्सले २०७७ साल असोजमा आफ्नो उडानको ग्राउन्डह्यान्डेलिङ सेवा आफैँ सञ्चालन गर्ने गरी यस्तो अनुमति पाएको थियो । अनुमति पाएको एक वर्षभित्र एयरलाइन्सले ग्राउन्ड इक्युप्मेन्ट खरिद गरी सेवा सञ्चालन गर्नुपर्ने भए पनि सो सर्त पूरा नगरेकाले अनुमतिपत्र स्थगित गरिएको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी ि।

अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल वायुसेवा निगमले ग्राउन्डह्यान्डेलिङको सेवा दिइरहेको छ । हिमालयन एयरलाइन्सले सेल्फग्राउन्डह्यान्डेलिङको अनुमति पाउँदा राष्ट्रिय ध्वजावाहक निगमको आम्दानी गुमेर थप आर्थिक भार पर्ने अवस्था थियो । सोही अवस्थालाई समेत दृष्टिगत गर्दै प्राधिकरणले यस्तो निर्णय लिएको उनको भनाइ छ ।

यद्यपि प्राधिकरणले एयरलाइन्सलाई पठाएको पत्रमा भने हाल ग्राउन्डह्यान्डेलिङ प्रयोजनका लागि इक्विप्मेन्ट यन्त्र उपकरण व्यवस्थापनका लागि स्थान उपलब्ध गराउने अवस्था नभएको भन्दै अनुमतिपत्र स्थगन गर्नुपरेको उल्लेख गरिएको छ ।

प्रकाशित मिति : ७ पुस २०७९, बिहीबार  ९ : ११ बजे

सिरहा ट्राफिकले गर्‍यो एक करोड बढी राजस्व संकलन

जनकपुरधाम– जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहाले गत आर्थिक वर्ष २०८२-८३

निर्वाचन आयोगका सिफारिस पदाधिकारीको सुनुवाइ साउन १२ र १३ मा

काठमाडौं– संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगको प्रमुख आयुक्त र आयुक्त

कीर्तिपुरमा कारभित्रै जलेको अवस्थामा एक व्यक्तिको शव भेटियो, प्रहरीले अनुसन्धान थाल्यो

काठमाडौं- काठमाडौंको कीर्तिपुरस्थित चाँदनीचोकमा एक व्यक्तिको कारभित्र जलेको अवस्थामा शव फेला

साउनमा किन कपाल काट्नु हुँदैन ? 

काठमाडौं– साउनको महिनामा कपाल काट्नुहुन्न भन्ने परम्परागत मान्यता छ ।

उच्च अदालत विराटनगरले तीन हजार ५८ मुद्दा फैसला गर्न सकेन

विराटनगर– गत आर्थिक वर्ष २०८२/८३ मा उच्च अदालत विराटनगरले चार