शिक्षा क्षेत्रमा आमूल सुधार गर्नुपर्छ : उपराष्ट्रपति पुन « Khabarhub

शिक्षा क्षेत्रमा आमूल सुधार गर्नुपर्छ : उपराष्ट्रपति पुन


८ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

कावासोती– उपराष्ट्रपति नन्दबहादुर पुनले शिक्षा क्षेत्रमा आमूल सुधारको खाँचो रहेको बताएका छन्। पूर्वी नवलपरासीको देवचुली-१६ मा रहेको देवचुली माध्यमिक विद्यालयको स्वर्ण महोत्सव वर्षको समापन तथा ५०औँ वार्षिकोत्सव कार्यक्रममा सहभागी हुन आएका उपराष्ट्रपति पुनले विभेदपूर्ण वर्तमान शिक्षा प्रणालीमा व्यापक सुधार गर्नुपर्ने आवश्यकता औँल्याए । 

उनले वर्तमान शिक्षा प्रणालीले समाजलाई धुव्रीकृत गराएकाले यो शिक्षा प्रणालीबाट मुलुकको भविष्य राम्रो नभएको बताए। उपराष्ट्रपति पुनले अहिलेको शिक्षालाई परिमार्जित गरेर वैज्ञानिक, व्यावसायिक, प्राविधिक, रोजगारमूलक एवं जनमुखी बनाएर सक्षम, प्रतिस्पर्धी, नैतिकवान् एवं राष्ट्रहितप्रति समर्पित जनशक्ति उत्पादन गर्नसक्ने शिक्षा प्रणालीको विकास गर्नुपर्ने कुरामा जोड दिए । 

शिक्षामा व्यापारिकरण बढेको भन्दै उपराष्ट्रपति पुनले यस क्षेत्रमा राज्यको लगानी बढाएर निजी क्षेत्रको लगानीलाई नियन्त्रण गर्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : ८ पुस २०७९, शुक्रबार  ५ : ०३ बजे

 सभामुखसँग अमेरिकी कावा राजदूत शिष्टाचार भेट

काठमाडौँ– सभामुख डोलप्रसाद (डिपी) अर्यालसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन

सडकमै नयाँ नोटको व्यापार (तस्बिरहरू)

काठमाडौँ– रत्नपार्कस्थित फुटपाथमा दसैँका लागि सर्वसाधारण नोट साटिरहेका छन् ।

उपराष्ट्रपति यादवसँग प्रधान सेनापति सिग्देलको शिष्टाचार भेट

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग प्रधान सेनापति अशोकराज सिग्देलले शिष्टाचार भेट

पाकिस्तानी लेजेन्ड मिस्बाह-उल-हक सुदूरपश्चिम रोयल्सको प्रशिक्षक

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल टिम सुदूरपश्चिम रोयल्सले पाकिस्तानी लेजेन्ड

सरकारी सफ्टवेयर प्रणाली सुधारका लागि प्राविधिक विज्ञ माग, कात्तिक १८ सम्म आवेदन दिन सकिने

काठमाडौँ – नेपाल सरकारका निकायहरूका लागि आवश्यक सफ्टवेयर प्रणालीको विकास,