बेइजिङमा कोभिड १९ का बिरामीको सङ्ख्या बढ्दै « Khabarhub

बेइजिङमा कोभिड १९ का बिरामीको सङ्ख्या बढ्दै


८ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राजधानी बेइजिङमा कोभिड–१९ को गम्भीर सङ्क्रमण बढ्दै गएको चीनका स्वास्थ्य विज्ञहरूले बताएका छन् । उत्तर चीनमा जाडो याममा श्वासप्रश्वाससम्बन्धी सङ्क्रामक रोगको प्रकोप बढी हुने गरेकाले कोभिड १९ को सङ्क्रमण बढ्दै गएको बताइएको छ ।

बेइजिङ अस्पतालका श्वासप्रश्वास तथा क्रिटिकल केयर मेडिसिन विभागका प्रमुख ली यानमिङका अनुसार ओमिक्रोन भेरियन्टको सङ्क्रमणपछि केही पाका उमेरका बिरामीमा गम्भीर समस्या देखिएको छ । यद्यपि उनीहरू सबै उपचारपछि सङ्क्रमणबाट निको हुने अपेक्षा गरिएको छ ।

बेइजिङ चाओ–याङ अस्पतालका उपाध्यक्ष तोङ झाओहुइका अनुसार अस्पतालमा पछिल्ला दिनमा दैनिक औसत तीन सय ५० देखि चार सय ज्वरोका बिरामी र पाँच सयको हाराहारीमा आपत्कालीन अवस्थाका बिरामी आउने गरेका छन् ।

बिरामीहरूको सङ्ख्यामा वृद्धि भइरहेका कारण चीनले गम्भीर बिरामीहरूको उपचारका लागि चिकित्सा सुविधाहरू तयार गरेको बताइएको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगका एक अधिकारी जियाओ याहुइका अनुसार तेस्रो श्रेणीका अस्पतालले गम्भीर अवस्थाका कोभिड–१९ का सङ्क्रमितसँगै अन्य गम्भीर बिरामीलाई भर्ना गर्नुपर्छ ।

जिओले भने, “आधारभूत अवस्था भएका ज्येष्ठ बिरामी र बालबालिकालाई अवस्था परिवर्तन हुनेबित्तिकै सिधै तेस्रो श्रेणीका अस्पतालमा स्थानान्तरण गर्नुपर्छ ।’’ चीनको त्रिस्तरीय अस्पताल ग्रेडिङ प्रणालीको शीर्षस्थानमा तेस्रो श्रेणीका अस्पताल छन् । यस्ता अस्पतालमा सबैभन्दा बढी शैय्या रहेका कारण व्यापक चिकित्सा सेवा प्रदान गर्ने बताइएको छ ।

प्रकाशित मिति : ८ पुस २०७९, शुक्रबार  ७ : १५ बजे

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको

झापामा हात्तीको आक्रमणबाट दुई जनाको मृत्यु

झापा – जंगली हात्तीको आक्रमणबाट आज एउटै गाउँका दुई व्यक्तिको