पेस्की रकम लिएर ठेकेदार बेपत्ता हुँदा सडक निर्माण कार्य अलपत्र | Khabarhub Khabarhub

पेस्की रकम लिएर ठेकेदार बेपत्ता हुँदा सडक निर्माण कार्य अलपत्र


८ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – डोल्पाको सदरमुकाम दुनै–ल्यासीक्याप सडकखण्डको काम सम्झौता भएको दश महिना वितिसक्दा पनि सुरु हुन सकेको छैन्। भेरी करिडोर अन्तर्गत पर्ने यस सडकखण्ड निर्माणकालागि २०७८ चैत्रमा सुर्या श्रेया शान्तिदेवी जेभी निर्माण कम्पनी सम्झौता भएपनि अझै काम सुरु नसकेको हो ।

चिन–नेपालको सीमावर्ती क्षेत्र मोरिम्ला नेपालहुँदै भारतको रुपैडिया जोड्ने महत्वपूर्ण रणनीतिक तथा व्यापारीक सडकखण्ड अन्तर्गत पर्ने यस खण्डको काम यथाशक्य सूचारु गराउन कार्यालयले बारम्बार ताकेता गरे पनि निर्माण कम्पनीले अझैँ काम सुरु नगरेको सडक डिभिजिन कार्यालय चौहरजहारीका इन्जिनियर दिलिप यादबले गुनासो गरे ।

‘दुई पटक ठेक्का किन नतोड्ने व्यहोरासहितको ताकेता पत्र काटिसकेका छौं । एउटा पत्र गत मंगलबार सात दिने समयसिमा राखेर पत्र काटिएको छ । यदि सात दिनभित्र सम्पर्कमा आएर काम सुरु भएपनि ठेक्का तोड्ने प्रक्रियामा जान्छौं,’ इन्जिनियर यादबले भने ।

यस आयोजनाको कुल लागत १३ करोड ४१ लाख भएको कार्यालयले जनाएको छ । दुनै–ल्यासीक्याप सडक खण्ड काइके ,डोल्पोबुद्ध गाउँपालिका हुँदै नेपाल चिन सीमामा पर्ने मोरिम्ला नाका पुग्ने गर्छ ।

सडक डिभिजनलाई गाउँपालिकाको ताकेता

सडक डिभिजन कार्यालय चौहरजहारीलाई काइके गाउँपालिकाले यस सडकखण्डको काम तत्काल सूचारु गराउन भन्दै २८ मंसिरमा ताकेता पत्र लेखेको छ । पत्रमार्फत सम्झौता भएको महिनौ बितिसक्दा पनि गाउँपालिका हुँदै उपल्लो डोल्पासम्म जोड्ने सडक बन्द भएको र आम नागरिकलाई आवत–जावतमा समस्या भएको भन्दै निर्माण कम्पनीलाई तत्काल काम सुरु गराउन अनुरोध गरिएको छ ।

सडक खण्डको काम सुरु नभएकै कारण काइके गाउँपालिका सहित उपल्लो डोल्पा पुग्ने सर्वसाधारणलाई धेरै सास्ती भएको काइके गाउँपालिकाका अध्यक्ष अन्तर्गत रानाले बताए ।

तत्कालै काम सुरु गछौँ : निर्माण कम्पनी

यता श्रेया निर्माण कम्पनीका प्रतिनिधि भीम बोहोराले तत्काल काम सुरु गराउने प्रतिवद्धता जनाएका छन् । सम्झौता भए लगत्तै काम सुरु गर्ने भनेर डोजर ल्याउन प्रयास गरेपनि बर्खामा खोलामा पानीको मात्रा बढेपछि डोजर पार गराउन नसक्दा काममा ढिलाइ भएको बताए ।

‘यस सडक निर्माणको गर्नुपर्ने समय सिमा झण्डै तीन बर्ष छ,अब एकबर्ष भित्रै काम सम्पन्न गर्नेगरी यहि पुस बीस गते भित्र कामसुरु गर्छौ,’ उनले भने । एकैपटक दुई डोजर ल्याउनु पर्ने र बर्खाको समयमा खोलानाला बडेर डोजर तार्न समस्या भएकाले काममा ढिलाइ भएको निर्माण कम्पनीको भनाइ छ ।

-हेमन्त केसी/न्युज कारखाना

 

प्रकाशित मिति : ८ पुस २०७९, शुक्रबार  ८ : १२ बजे

गाजामा इजरायलको क्रुरता : पाँच वर्ष मुनिका १२ हजार बालबालिका चरम कुपोषणले छट्पटाउँदै

एजेन्सी – गाजापट्टीमा उग्रवादी सङ्गठन हमास निमिट्यान्न पार्ने बहानामा इजरायलले

बहादुरसिंह लामाले पनि बानियाँलाई मत दिएपछि…

काठमाडौँ – नेपाली कांग्रेसका शीर्ष नेताहरूले संयुक्त निर्णय गरेर बागमती

कारागार व्यवस्थापनमा सुधार गर्न आयोगको निर्देशन

काठमाडौँ – राष्ट्रिय मानव अधिकार आयोगले कारागार व्यवस्थापन र कारागारभित्रको

सुक्खाग्रस्त सङ्कट झेलेका पर्साका कृषकलाई मलखादको पिरलो

वीरगञ्ज (पर्सा) : पर्साको जिराभवानी गाउँपालिका–५ कुडौलीका कृषक अलखदेवप्रसाद थारूले

भारतको बाढीपहिरोमा २६ नेपाली बेपत्ता (नामसहित)

काठमाडौँ – भारत उत्तराखण्डको उत्तरकाशी र पौडी गढवाल जिल्लामा एक