जुरी मेन्सन आइसिटी अवार्ड दिक्षान्त पाण्डेलाई « Khabarhub

जुरी मेन्सन आइसिटी अवार्ड दिक्षान्त पाण्डेलाई


८ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जुरी मेन्सन आइसिटी अवार्ड २०२२ दिक्षान्त पाण्डेलाई प्रदान गरिएको छ । शुक्रबार द सोल्टी काठमाडौंमा आयोजना भएको इन्फोडेभलपर्स आइसिटी अवार्ड २०२२ को ग्राण्ड फिनालेमा पाण्डेलाई जुरी मेन्सन आइसिटी अवार्ड प्रदान गरिएको हो ।

कोरोना महामारीमा पनि उनले विभिन्न नवप्रवर्तनमा काम गरेका थिए । सानै उमेरमा सूचना प्रविधि क्षेत्रमा उत्कृष्ट काम गर्दै आएका उनलाई सम्मान र प्रोत्साहन स्वरूप जुरी मेन्सन आइसिटी अवार्ड २०२२ प्रदान गरिएको हो ।

काठमाडौंको भ्याली भ्यू स्कुलमा पढ्दै आएका १५ वर्षीय दिक्षान्त पाण्डे वेब डेभलपर हुन् । उनले बोलेरै नियन्त्रण गर्न सकिने गरी पाइथन भ्वाइस असिस्टेन्ट बनाएका छन् । जुन यसअघि आइसिटी अवार्डको राइजिङ स्टार विधा अन्तर्गत उत्कृष्ट १२ मा पर्न सफल भएको थियो ।

यसबाट इमेल पठाउने, संगीत बजाउने, कम्प्युटर खोल्ने, बन्द गर्ने, मौसम जाँच गर्नेलगायतका काम गर्न सकिन्छ ।

प्रकाशित मिति : ८ पुस २०७९, शुक्रबार  ८ : २८ बजे

न्युजिल्यान्ड पठाइदिने भन्दै रु १० लाख ठगी गर्ने एक जना पक्राउ

काठमाडौं – प्रहरीले वैदेशिक रोजगारीका लागि न्युजिल्यान्ड पठाइदिने भन्दै रु

तनहुँमा एकैदिन नौ फरार प्रतिवादी पक्राउ

तनहुँ – जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी इकाइबाट खटिएको

अध्यक्ष ओलीको अभिव्यक्तिलाई गलत व्याख्या गरियो : एमाले

काठमाडौं- नेकपा (एमाले)ले प्रधानमन्त्रीसँगको भेटमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले

भारतीय नागरिकलाई नागरिकता दिएको अभियोगमा वडाध्यक्ष पक्राउ

सर्लाही – नागरिकतासम्बन्धी कसुर मुद्दाको अनुसन्धानका क्रममा मलङ्गवा नगरपालिका–७, मुसैलीका

कविशिरोमणि पौड्यालको १४२औँ जन्मजयन्ती मनाइँदै

गण्डकी – कविशिरोमणि लेखनाथ पौड्यालको १४२औँ जन्मजयन्ती अन्तर्गतका त्रिदिवसीय कार्यक्रम