बालुवाटार बैठकमा जुटेन सहमति, शनिबार पुनः छलफल गर्ने | Khabarhub Khabarhub

बालुवाटार बैठकमा जुटेन सहमति, शनिबार पुनः छलफल गर्ने


८ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नयाँ सरकार गठनका लागि प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच शनिबार बिहान पुनः छलफल हुने भएको छ । शुक्रबार साँझ बालुवाटारमा बसेको बैठकमा सहमति नजुटेपछि भोलि बिहान पुनः छलफल हुने भएकाे हो ।

आजको बैठकमा दुवै नेता आ–आफ्नो अडान नछाड्दा निष्कर्षविहीन भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए । तर छलफल सकारात्मक भएको उनको भनाइ छ । सत्तागठबन्धनमा कांग्रेस सभापति देउवा र माओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीमा दाबी गरिरहेका छन् । सरकार आलोपालो चलाउने सहमति लगभग भएपनि कस्ले पहिला सरकारको नेतृत्व गर्ने भन्ने विषयमा कुरा मिल्न बाँकी छ ।

 

प्रकाशित मिति : ८ पुस २०७९, शुक्रबार  ८ : ४१ बजे

कर वृद्धिको बावजुद अमेरिकी रोजगारीको दरमा वृद्धि

एजेन्सी – अमेरिकी कर वृद्धिका कारण अर्थतन्त्रमा नकारात्मक प्रभाव पर्न

माधवको धर्मसंकट : नैतिकता देखाउने कि ‘लिसो’ बन्ने ?

काठमाडौं- नेपालको समकालीन राजनीतिमा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार

रुसको कुर्स्क क्षेत्रमा नौसेना उपप्रमुखको मृत्यु

मस्को– कुर्स्क क्षेत्रमा जारी भिडन्तका क्रममा नौसेनाका उप-कमाण्डरका रुपमा कार्यरत

 भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन नभएसम्म सदनमा प्रतिरोध कायमै राख्छौँ : रास्वपा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति