गर्लफ्रेन्डको विषयमा विवाद हुँदा गोरेको हत्या « Khabarhub

गर्लफ्रेन्डको विषयमा विवाद हुँदा गोरेको हत्या


१ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  पर्यटकीय नगरी पोखरामा मंगलबार अपत्यारिलो घटना भएको छ । ‘भ्यालेन्टाइन डे’ को दुई दिनअघि केटीको विषयमा उत्पन्न विवादले ‘इगो’ लिँदा १४ वर्षीय एक किशोरको घाँटी रेटी हत्या भएको छ ।

हत्या हुनेमा पाल्पा जिल्ला रम्भापानी गाउँपालिका घर भई हाल पोखरा लेकसाइड शान्तिनगर बस्ने गोरे भनिने सचिन सिंजाली रहेका छन् । प्रहरीले घटनाको १० घण्टा नबित्दै हत्यारा अभियुक्त सार्वजनिक गरेसँगै सो घटनाको रहस्य खुलेको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीले सो घटनामा संलग्न रहेको अभियोगमा मुख्य अभियुक्त पर्वत जिल्ला मल्लाज घर भई हाल पोखरा बस्ने २१ वर्षीय कुमार गर्बुजालाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।

प्रहरीका अनुसार निज कुमार गर्बुजाले आफ्नो गर्लफ्रेन्ड भनिएकी १५ वर्षीया सुनिता गुरुङसँग सचिनले बिहेको कुरा गरेको र सो कुरा थाहा पाई कुमारले प्रतिशोधमा ‘केही गरेर देखाउँछु’ भन्ने सोची जघन्य हत्याको बाटो रोजेको अनुसन्धानमा खुलेको छ । समाचार राजधानी दैनिकले प्रकाशित गरेको छ ।

प्रकाशित मिति : १ फाल्गुन २०७५, बुधबार  ५ : ०४ बजे

त्रिशूली ३’ए’ सुरुङभित्रबाट मानिसको आवाज, उद्धार तीव्र पारियो

काठमाडौं- भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको

पर्वले राष्ट्रिय एकतालाई सुदृढ बनाउँछ : सभापति थापा

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपाली मौलिक संस्कृति, परम्परा तथा

पर्वले विविधतामा एकता र सामाजिक सहिष्णुता अभिवृद्धि गर्छ : राष्ट्रपति पौडेल

काठमाडौं-  राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली मौलिक पर्व तथा लोक परम्पराले समाजमा

त्रिशूली र लाङटाङका टनेलमा ‘ब्लास्टिङ’ : ९३ जनाको टोलीसहित एक्साभेटर परिचालन

काठमाडौँ – नेपाली सेनाले भोटेकोशी तथा त्रिशूली नदी क्षेत्रका विपद्

अस्मिताले पाइन् घरमै नागरिकता

बैतडी– बैतडीको दशरथचन्द नगरपालिका–६ थाचौरकी अस्मिता पन्तले घरमै नेपाली नागरिकताको