उन्नाइस किलो सुनसहित सुडानी नागरिक पक्राउ « Khabarhub

उन्नाइस किलो सुनसहित सुडानी नागरिक पक्राउ


८ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको टोलीले आज १९ किलो अर्धठोस अवस्थाको सुनसहित एक सुडानी नागरिकलाई पक्राउ गरेको छ ।

आज अपराह्न ३ बजेको समयमा फ्लाई दुबइमार्फत नेपाल आएका सुडानी नागरिक २७ वर्षीय मोहम्मद अहमद डफल्ला सराफेल्डिन सुनसहित पक्राउ परेका भन्सार कार्यालयका प्रवक्ता यमराज पाण्डेले राससलाई जानकारी दिए। भन्सार कार्यालयमा जाँचका क्रममा उनले सुन ल्याएको फेला परेपछि उक्त सुन बरामद गरिएको हो ।

“उसको गतिविधि शङ्कास्पद देखियो अनि कार्यालयका कर्मचारीले जाँच गर्दा उनले अर्धठोस अवस्थाको सुन ल्याएको फेला प¥यो”, पाण्डेले भने, “थप विषयहरु अनुसन्धानका क्रममा रहेको छ ।”

सुन १० वटा प्याकेटमा अर्धठोस अवस्थामा रहेको र उनले पनि सुन ल्याएको स्वीकार गरेको पनि पाण्डेले बताए । उनी पहिलो पटक नेपालमा भ्रमण भिसामा आएका व्यक्ति हुन् । घटनाको विषयमा थप अनुसन्धान भइरहेको भन्सार कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ८ पुस २०७९, शुक्रबार  ९ : १९ बजे

पुँजीगत खर्चको १ प्रतिशत नवप्रवर्तनमा छुट्याउन मन्त्री पुनको आग्रह

काठमाडौं– विज्ञान तथा नवप्रवर्तनमन्त्री महावीर पुनले प्रदेश तथा स्थानीय सरकारलाई

शान्ति सम्झौता हुन लागेको ट्रम्पको दाबीलाई इरानले नकारिदियो, कुनै सहमति नभएको जवाफ

तेहरान- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग ठूलो सम्झौता भएको भनेर

हर्कले रक्षामन्त्री खोज्दै संसद‍्बाट उठाए प्रश्न, ‘सेनाले सिमानामा जानै नहुने के कसम खाएको रहेछ ?’

काठमाडौं- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्री वालेन्द्र शाह

स्वर्णिमलाई घेर्दै वर्षमानले भने : मेरो पनि फाइल खोल्नू, करका दर हेरफेरबारे छानबिन हुनुपर्छ

काठमाडौं- प्रतिनिधिसभा बैठकमा नेकपाका सांसद तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले आर्थिक

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

मुग्लिन– चितवनको इच्छाकामना गाउँपालिकाले किसानलाई व्यावसायिक पशुपालनमा आकर्षित गर्न अनुदान