आजको मौसम : तराईमा तुवाँलो र हुस्सु, हिमाल र पहाडमा हिमपातको सम्भावना « Khabarhub

आजको मौसम : तराईमा तुवाँलो र हुस्सु, हिमाल र पहाडमा हिमपातको सम्भावना


९ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हाल देशमा न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। तराईसहित विभिन्न क्षेत्रमा तुवाँलो लागेको छ। तुवाँलो र हुस्सुले तराई प्रभावित भएको छ भने हिमपातले पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार प्रदेश १, मधेश र बागमतीका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

देशका हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। त्यसबाहेक विभिन्न पहाडी क्षेत्रमा बदलीको आकलन गरिएको छ।

राति प्रदेश १, गण्डकी र कर्णालीका हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको प्रक्षेपण महाशाखाले गरेको छ।

आइतबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीमा आंशिकदेखि सामान्य बदलीको सम्भावना छ। हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

प्रकाशित मिति : ९ पुस २०७९, शनिबार  ६ : २७ बजे

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान

चौधौँमा हारेका प्रदीपले पन्ध्रौँ महाधिवेशनमा पनि महामन्त्रीमै प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनमा

नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना

एजेन्सी – चीनले नवीकरणीय ऊर्जा क्षेत्रलाई तीव्र रूपमा अघि बढाउने

नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा प्रहरी वरिष्ठ उपरीक्षकविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी