फ्रान्समा गोली चल्दा ३ जनाको मृत्यु « Khabarhub

फ्रान्समा गोली चल्दा ३ जनाको मृत्यु


९ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

पेरिस – मध्य पेरिसमा रहेको कुर्दिश सांस्कृतिक केन्द्र र कपाल काट्ने सलुनमा ६९ वर्षीय बन्दुकधारीले गोली चलाउँदा तीन जनाको मृत्यु भएको छ । गोली लाग्दा तीन जना घाइते भएका छन् । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर छ ।

‘गोली लागेर तीन जनाको मृत्यु भएको छ, एक व्यक्ति सघन हेरचाहमा र दुई जना गम्भीर घाइते छन् । पक्राउ परेका संदिग्धलाई पनि अनुहारमा चोट लागेको छ’ सहरका अभियोजक लाउरे बेकुउले भने ।

आक्रमणबारे अनुसन्धान भइरहेको छ । संदिग्धले दुई अलग घटनामा सन् २०१६ र सन् २०२१ मा पनि हत्या प्रयास गरेका थिए ।

फ्रान्सका गृहमन्त्री गेराल्ड डार्मानिनले फ्रान्समा हिंसात्मक अति दक्षिणपन्थी समूहहरूको खतराबारे बारम्बार चेतावनी दिएका छन् ।

प्रकाशित मिति : ९ पुस २०७९, शनिबार  ७ : १० बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले