साउदीमा थप ६९ नेपालीले पाए एक्जिट भिसा « Khabarhub

साउदीमा थप ६९ नेपालीले पाए एक्जिट भिसा



दोहा – साउदी अरबमा विभिन्न कारण अवैध बसोबास गर्दै आएका थप ६९ नेपालीले ‘एक्जिट भिसा’ (बहिर्गमन भिसा) पाएका छन्। साउदीको रियादबाट ३७ र दमामबाट ३२ जना नेपालीले एक्जिट भिसा पाएको रियादस्थित नेपाली दूतावासले जनाएको छ।

दूतावासका अनुसार साउदी अरेबियाका विभिन्न कम्पनी तथा प्रतिष्ठानहरुमा कार्यरत रहँदा साउदी आवासीय अनुमति पत्र (इकामा) नवनाईएका वा नवीकरण नगरिएका वा हुरूब लगाइएका नेपालीहरुलाई स्वदेश फर्काउन आवश्यक बहिर्गमन भिसाका लागि सम्बन्धित साउदी निकायमा अनुरोध गरिएको थियो।

अवैध रूपमा साउदीमा रहेका आप्रवासी कामदार स्वदेश फर्कनु परे अनिवार्य रूपमा एक्जिट भिसा आवश्यक पर्छ। एक्जिट भिसा नभएसम्म कामदार स्वदेश फर्कन पाउँदैनन्। सम्बन्धित देशको दूतावासले अनुरोध गरेपछि साउदी सरकारले एक्जिट भिसा उपलब्ध गराउने गर्छ।

साउदी जवाजतको नयाँ नियम अनुसार हुरूब लागेकाहरूले एक्जिट भिसा लागेको २ हप्ताभित्र साउदी छोडिसक्नु पर्ने हुन्छ। केही आवेदकहरूको एक्जिट भिसा लागेको केहि समय भैसकेकाले दूतावासले प्रकाशित गरेको लिष्टमा नाम भएका हुरूब लागेका व्यक्तिहरूले अनिवार्य रूपमा ७ दिनभित्रै साउदी छोडि सक्न दूतावासले अनुरोध गरेको छ।

अरूलाई पनि आफ्नो एक्जिट भिसाको म्याद हेर्न र एक्जिट भिसाको म्याद भित्रै साउदी छोड्न दूतावासले भनेको छ। थप जानकारीका लागि दूतावासका सम्बन्धित कर्मचारीलाई मोबाइल नम्बर ०५००० २१४०९ वा ०५४ ७०४ ५२७२ र नेपाली महावाणिज्यदूतावास जेद्दाका सम्बन्धित कर्मचारीलाई मोबाइल नम्बर ०५८२८१७१८८ मा सम्पर्क गर्न सकिनेछ।

प्रकाशित मिति : ९ पुस २०७९, शनिबार  ७ : २१ बजे

फेरियो सिंहदरबारमा पार्किङको दृश्य : नियमविपरीत राखेका सवारी साधनमा ‘ह्विल लक’

काठमाडौं– सिंहदरबार परिसरमा नियमविपरीत पार्किङ गरिएका सवारीसाधनमाथि ट्राफिक प्रहरीले कडाइ थालेको

मानव अधिकार र कानुनी राज्यको भावना अनुसार गृह प्रशासनलाई अघि बढाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले मानव अधिकार र कानुनी राज्यको भावना

मनाङमा चामलको माग उच्च

मनाङ– जिल्लामा चामलको माग बढेको छ । खाद्य व्यवस्था तथा

नदी उत्खननले सोनाहा जातिको सुन खोज्ने पेसा संकटमा

भजनी– नदी उत्खननको कारण बर्दिया राजापुर सोनाहा जातिको सुन खोज्ने

विश्वकप सट्टेबाजीमा ८५ पक्राउ, १३ करोड डलरभन्दा बढीको अवैध कारोबार उजागर

हनोई- विश्वकप फुटबल प्रतियोगिताका क्रममा बढ्दो अवैध सट्टेबाजी नियन्त्रण गर्ने अभियानअन्तर्गत