सेपाकताक्रो टोली आज बंगलादेश जाने « Khabarhub

सेपाकताक्रो टोली आज बंगलादेश जाने


९ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बंगबन्धु कप चौथो दक्षिण एसियाली सेपाकताक्रो च्याम्पियनसिपमा सहभागी हुन नेपाली सेपाकताक्रो टोली आज शनिबार बंगलादेशको ढाका प्रस्थान गर्दैछ।

१६ खेलाडीसहित २५ सदस्यीय टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले शुक्रबार बिदाइ गरेका थिए।

डिसेम्बर २५ देखि ३१ तारिखसम्म ढाकास्थित सुहार्दी राष्ट्रिय इन्डोर स्टेडियम हुने प्रतियोगितामा नेपाली पुरुष टोलीले ३ तथा महिला टोलीले २ स्पर्धा सहभागिता जनाउने छन्। पुरुषले रेगु टिम, रेगु र क्वाड तथा महिलाले रेगु र क्वाड स्पर्धामा खेल्ने छन्।

पुरुष खेलाडीमा रोशन तामाङ, रविन भट्टराई, संगिन थापा मगर, विपिन थनेत, विजय महतो, पदमबहादुर ठाडा मगर, सूर्यकुमार चौधरी, दिपेशजंग थापा, उमेशबहादुर महतो, राजीव कालाखेती, सन्देश राई र चन्द्र चौधरी रहेका छन्। महिलामा सुमित्रा डंगोल, कमला दर्जी, रुथकुमारी श्रेष्ठ, निरु थापा मगर र भबिसरा ढकाल छन्।

टोली प्रमुखमा नेपाल सेपाकताक्रो संघका अध्यक्ष नेत्रप्रसाद गुरुङ, व्यवस्थापकमा नेसिर मास्के, पुरुषको मुख्य प्रशिक्षकमा वीरेन्द्रविक्रम लिम्बू र सहायक प्रशिक्षकमा खेवाहाङ राई तथा महिलाको मुख्य प्रशिक्षकमा लोकमणि आत्रेय र सहायक प्रशिक्षकमा रामकुमारी शर्मा तिमिल्सिना रहेका छन्। निर्णायकमा मेघराज तोलङ्गी र क्षितिजकुमार धामी रहेका छन्।

टोली शनिबार ढाका प्रस्थान गर्नेछ। पुरुष-महिला दुवैमा नेपालसहित भारत, पाकिस्तान, श्रीलंका र बंगलादेश गरी ५ राष्ट्रको सहभागिता रहने अध्यक्ष गुरुङले जानकारी गराए।

 

प्रकाशित मिति : ९ पुस २०७९, शनिबार  ७ : ३२ बजे

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल साउन १० गते आइतबार सन् २०२६

आज २०८३ साल साउन १० गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन १० गते आइतबार सन् २०२६

मोरङमा विद्यार्थीमाथि कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

विराटनगर – मोरङमा एक विद्यार्थीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक

रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च

काठमाडौं – रूपन्देहीमा सङ्गठित तथा आर्थिक अपराध एवं घरेलु हिंसाका

अनलाइन ठगीमा संलग्न भारतीय नागरिकसहित दुई जना पक्राउ

गण्डकी – जिल्ला प्रहरी कार्यालय, कास्कीले अनलाइन ठगीमा संलग्न रहेको