मध्यपहाडी लोकमार्ग शहरमा झारेको भन्दै पोखरा महानगरविरुद्ध प्रदर्शन « Khabarhub

मध्यपहाडी लोकमार्ग शहरमा झारेको भन्दै पोखरा महानगरविरुद्ध प्रदर्शन


९ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

पोखरा – लामो समय अन्योलमा रहेको मध्यपहाडी लोकमार्गअन्तर्गत कास्कीको भैंसे–याम्दी खण्डको रुट टुंगिएको छ। आयोजनाले यसअघिको प्रस्तावित भैंसेबाट कसेरी हुँदै मनिपालबाट याम्दी जोड्ने रुटलाई संशोधन गरेर मौजा, अर्मला हुँदै याम्दीमा जोडेको हो। उक्त रुटको टेण्डर आह्वान समेत भैसकेको छ । साढे ३५ किलोमिटर उक्त खण्डमा करिब ४ अर्व खर्च हुने प्रस्ताव छ।

तर, पोखरा १६ का बासिन्दाले रुट गलत मनसायबाट टुंग्याइएको भन्दै विरोध जनाएका छन्। स्थानीयको मर्मविपरित आयोजना अगाडि बढाएको भन्दै उनीहरुले पोखरा महानगरमा धर्ना दिएका छन्। स्थानीयलाई जानकारी नगराई पुनः रुट संशोधन गरेको भन्दै मध्येपहाडी लोकमार्ग सहरमा नझार्न उनीहरूको माग छ।

माग पूरा गर्न स्थानीयले संघर्ष समिति नै बनाएका छ। माग सुनुवाई नहुँदासम्म महानगरको कार्यालय अगाडी धर्ना दिने समितिका सचिव सन्दीप थापाले बताए। ‘राष्ट्रिय गौरवको आयोजना बन्दा स्थानीयलाई थाहा हुनुपर्छ कि पर्दैन ? सुटुक्क रेखांकन गरेर टेण्डर निकालिएको छ,’ उनले भने, ‘आयोजनाले जग्गाधनी, पर्यटकीय ठाउँ र स्कुललाई समेत वास्ता गरेको छैन। यसका विरुद्ध हामी निरन्तर संघर्ष गर्छौं।’

आयोजनाबाट व्यक्तिहरूको उठिबास लाग्ने र सुकुम्वासी बन्ने उनीहरूको गुनासो छ। लमजुङको सीमानादेखि भैंसेसम्म र याम्दीदेखि पर्वतको सिमाना नयाँ पुलसम्म काम करिब अन्तिम चरणमा छ। भैंसेदेखि याम्दी खण्डमा भने रुट छनोटमा ढिलाइ हुँदा काम अघि बढ्न नसकेको हो। सुरुमा भैंसेबाट लेखनाथ निकाल्ने प्रस्ताव थियो। त्यसपछि पनि विभिन्न ५ वटा रुटमा छलफल भयो। अन्ततः भैंसेबाट ज्याम्दु हुँदै आँटीघर निकालेर अर्मलाकोटबाट महेन्द्रगुफा र त्यहाँबाट याम्दी जोड्ने गरी मंसिर १४ गते टेण्डर प्रकाशन गरिएको हो।

प्रकाशित मिति : ९ पुस २०७९, शनिबार  ११ : ०३ बजे

संसद् विघटन गल्ती थियो, पुनर्स्थापना गरेर चुनावमा जानुपर्छ : पद्मा अर्याल

काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल

‘जेन-जीका नाममा मलाई ग्यास च्याम्बरमा हालेजस्तै जलाएर मार्न खोजियो’

काठमाडौँ – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकार तीन महिनाको

तीन महिनाको उपचारपछि स्वदेश फर्किइन् झलनाथ पत्नी रविलक्ष्मी (तस्बिरहरू)

काठमाडाैं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकार तीन महिनासम्म

रवि लामिछाने र बालेन शाहबीच भेटवार्ता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं

देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँः भीम रावल

कञ्चनपुर – नेपाली कम्युनिष्ट पार्टीका नेता डा भीम रावलले राष्ट्रिय