माध्यमिक विद्यालयस्तरीय विज्ञान प्रदर्शनी सम्पन्न « Khabarhub

माध्यमिक विद्यालयस्तरीय विज्ञान प्रदर्शनी सम्पन्न


९ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– विद्यालय तहका विद्यार्थीहरूलाई विभिन्न वैज्ञानिक उपकरण निर्माणमा टेवा पुर्‍याउने उद्देश्यले भक्तपुरमा आयोजना गरिएको एकदिने विज्ञान प्रदर्शनी सम्पन्न भएको छ । सूर्यविनायक नगरपालिकाले आज आयोजना गरेको माध्यमिक विद्यालयस्तरीय विज्ञान प्रदर्शनीमा रकेट केबुलकार बनाउने सूनपा-७ किवाचोकस्थित ज्योति माध्यमिक विद्यालयले प्रथम स्थान हासिल गर्दै नगदसहितको पुरस्कार हात पारेको छ ।

विज्ञान प्रदर्शनीमा सूनपा-१० चित्तपोलको जोरपाटी माध्यमिक विद्यालय दोस्रो र रकेट बनाउने सूनपा-१ बिरुवास्थित कुलमाया भगवती माध्यमिक विद्यालय तेस्रो भएको थियो । प्रदर्शनीमा सूनपा-५ कटुञ्जेस्थित मनोरम इङ्गलिस बोर्डिङ स्कुल सान्त्वना पुरस्कार प्राप्त गरेको थियो ।

विज्ञान प्रदर्शनीमा सामुदायिक र संस्थागत विद्यालय गरी नौवटा विद्यालयले सहभागिता जनाएका थिए । कक्षा ९ र १० का विद्यार्थीले बनाएका केबुलकार, रकेट, मन्दिर, पहाड, दूरबिनलगायत विभिन्न सामग्रीलाई अवलोकनमा गएका विभिन्न विद्यालयका शिक्षक तथा  विद्यार्थीले निकै रुचि दिएर हेरेका थिए ।

प्रदर्शनी समापनसँगै नगरपालिका नगरप्रमुख वासुदेव थापा, नपाका प्रवक्ता रवीन्द्र सापकोटाले विद्यालय एवं विद्यार्थीहरूलाई पुरस्कार एवं प्रमाणपत्र प्रदान गरे ।

प्रकाशित मिति : ९ पुस २०७९, शनिबार  ६ : १९ बजे

विष्णु पौडेललाई साधारण तारेखमा छाड्दा विशेष अदालतले लिएका चार आधार

काठमाडौं – विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा नेकपा (एमाले)का उपाध्यक्ष

वर्तमान सरकार चौतर्फी असफल, अर्थतन्त्र संकटग्रस्त : आजपा 

काठमाडौं– आम जनता पार्टी (आजपा)ले वर्तमान सरकार चौतर्फी असफल भएको निश्कर्ष

उपत्यका डुबान : मुख्य निकास साँघुरिँदा बढ्दो सास्ती

काठमाडौं– अनामनगर, नयाँ बानेश्वर, जमल, रानीवन तथा सिंहदरबारलगायत आसपासको क्षेत्र

मधेस प्रदेश सरकारद्वारा ५६.३१ प्रतिशत बजेट खर्च

जनकपुरधाम– मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा कुल बजेटको

‘रासायनिक मलको दीर्घकालीन समाधान गर्न नीतिगत सुधार आवश्यक’

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रासायनिक मलको दीर्घकालीन