युक्रेनको दुःख : ‘परम्परागत चमक बिनाको क्रिसमस’ « Khabarhub

युक्रेनको दुःख : ‘परम्परागत चमक बिनाको क्रिसमस’


९ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – एक वर्ष अघि मात्र कीभको सोफिया स्क्वायरमा ठूलो क्रिसमस ट्री र व्यापारिक केन्द्रमा हजारौं बत्तीहरू चम्किरहेका थिए । सन् २०२२ को यो अन्तिम दिनहरूमा त्यहाँ एउटा सामान्य रूख उभिएको छ, यसको नीलो र पहेँलो बत्तीले कारको हेडलाइटबाहेक अँध्यारो भएको चोकको अन्धकारलाई मुस्किलले तोडेको अनुभुति हुन्छ, किनकि युक्रेन पर्वको उल्लास मनाउने अवस्थामा छैन ।

हालैका महिनाहरूमा, रूसले ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै आएको छ । बिजुली कटौती गर्ने र युक्रेनीहरूलाई सरकारविरूद्ध आक्रोशित बनाउने लक्ष्य राखेको छ । यद्यपि, युक्रेन सरकारले सकेसम्म छिट्टै विद्युत अवरूद्धतालाई सञ्चालनमा ल्याउने प्रयास गरिरहेको छ । राजधानीको ३० लाखभन्दा बढी बासिन्दाहरूसहित देशका प्रत्येक व्यक्तिका लागि विजुली उपलब्ध गराउनु युक्रेनका लागि फलामको चिउरा सावित भएको छ अर्थात् विद्युत पुनस्र्थापना गर्न व्यावहारिक रूपमा असम्भव देखिएको छ ।

कीभको तल्लो भागका सडकहरूमा विद्युत काटिएको छैन तर अधिकारीहरूले देशब्यापी देखिएको विद्युत अभावलाई सहज पार्न केही प्रतिबन्धहरू लगाएका छन् र बिजुली कटौतीको समय निर्धारण गरेका छन् । यसको अर्थ क्रिसमसको मौसममा त्यहाँ परम्परागतरूपमा कुनै शहर चम्किने छैनन् ।

तर यी उदास क्षणहरूमा पनि, केही मानिसहरूले आफ्नो दृढता देखाउने निर्णय गरेका छन् र यी बिदाहरूमा क्रिसमसको उत्सवका लागि जे गर्न सकिन्छ गर्ने निर्णय गरेका छन् । क्रिसमस ट्री जस्तै वरपरको प्रकृतिमय संरचना अझै पनि गर्वको साथ खडा छ, यद्यपि यसमा यो वर्ष चमक छैन ।

कीभका मेयर भिटाली क्लिट्स्कोले क्रिसमस ट्री स्थापनाको घोषणा गर्दै यसको नाम ‘अजेयताको रूख’ राख्न लागिएको बताए ।

“हामीले रूसलाई क्रिसमस र नयाँ वर्षको उत्सव हाम्रा बालबालिकाबाट चोर्न नदिने निर्णय गरेका छौं,” उनले थपे, “किनभने हामी युक्रेनीहरूले यो नाम तोड्न सक्दैनौं ।”

‘अजेयताको रूख’ डिसेम्बर १९ मा उद्घाटन गरिएको थियो, जुन दिन रूसले किभमा ड्रोन आक्रमण गरेको थियो र केवल एक पावर प्लान्टलाई क्षति पु¥्याएको थियो । जसका कारण शहर लामो लोडसेडिङ्गबाट जोगिएको थियो ।

विगतका वर्षहरूको विपरीत, जब दसौं हजार बल्बहरूको साथ, सोफिया स्क्वायर सङ्गीत र हँसमुख मानिसहरूले भरिएको थियो, जब व्यापारिक महल ९प्लाजा०मा १२ मिटर रूखको बत्तीलाई शक्ति दिने जेनेरेटरको एक आवाज पनि थपिएको छ । यसको माथि, बेथलेहेमको कुनै तारा छैन तर यसको सट्टा युक्रेनको प्रतीक एक त्रिशूल छ ।

कीभको स्थानीय प्रशासनले रूख स्थापना गर्ने निर्णय गर्नुअघि यति धेरै त्रासदी र भयावहता ल्याउने एक वर्षमा यो उपयुक्त छ कि छैन भन्ने बारेमा केही बहस भएको थियो । देशभरि यस्तै छलफलहरू भए र केही क्षेत्रहरूले रूखहरू नराख्ने निर्णय गरे । अहिले धेरै मानिसहरूले उक्त पहल लाई मन पराएका छन् ।

५६ वर्षीय ओलेह स्काकुनले सोमबार रुखको अनावरण गर्दै भने, “हामी आभारी छौं कि हामी यस्तो समयमा कम्तिमा केही देख्न सक्छौं ।”

उहाँका अनुसार हरेक डिसेम्बर १९ मा आफ्नी श्रीमतीको जन्मदिनमा उनीहरु आफ्नो घरबाट केही टाढा रहेको दक्षिणी शहर खेर्सनमा रहेको क्रिसमस ट्री हेर्न जान्थे । यो वर्ष भने निपर नदीको बायाँ किनारामा रहेको उनीहरूको घर रूसी सेनाले कब्जा गरेको छ, र उनीहरू गत अगस्टमा कीभ आएका थिए । त्यसैले त्यो उत्सव उनीहरूको सम्झनामा सिमित बनेको छ ।

दुःखका बावजुद पनि स्काकुनले क्रिसमस ट्रीको दर्शन अवलोकन गर्ने परम्परालाई कायम राख्न चाहेको उनले बताउँछन् ।

५७ वर्षीया लारिसा स्काकुनले आँसु झार्दै भनिन्, “अहिले मेरो घरमा २० जना रूसीहरू बस्छन् । उनीहरूले मेरो गाउँका मानिसहरूलाई यातना दिए र मेरो छोरालाई पनि । तर हामी यहाँ केही उत्साहित हुन, मानिसहरूलाई हेर्न, उत्सव मनाउन आएका छौँ ।”

क्रिसमस ट्री स्थापना गर्ने निर्णय गर्ने अन्य शहरहरूमध्ये खार्किभ पनि हो । खार्किभ युक्रेनको दोस्रो ठूलो शहर हो, जुन महिनौंसम्म फ्रन्ट लाइनको किनारामा थियो, र लगातार रूसी मिसाइलहरूद्वारा आक्रमण गरिएको थियो । त्यहाँ क्रिसमस ट्रीलाई चोकमा राख्नुको सट्टा मुख्य सबवे स्टेशनभित्र खडा गरिएको छ । यद्यपि, धेरै युक्रेनीहरूको लागि यो क्रिसमस मनाउन गाह्रो हुनेछ ।

प्रकाशित मिति : ९ पुस २०७९, शनिबार  ८ : २४ बजे

रवि र बालेनसँग भारतीय प्रधानमन्त्री मोदीको फोन संवाद, जितका लागि दिए बधाई

काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा भएको निर्वाचनमा विशाल

गृहमन्त्री अर्यालद्वारा काठमाडौं प्रहरी परिसरको अनुगमन

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्याल तथा गृह मन्त्रालयका उच्चस्तरीय अधिकारीसहितको

निर्वाचनले सुशासनयुक्त मुलुक निर्माणको पक्षमा अभिमत दियो : मुख्यमन्त्री शाह

कैलाली – सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले यही फागुन

नेतृत्व नसच्चिए एमाले अझै तहसनहस हुन्छः विजय सुब्बा

काठमाडौं – नेकपा एमालेका नेता विजय सुब्बाले आफ्नो पार्टीभित्र देखिएको

खोटाङमा श्रम संस्कृति पार्टी समानुपातिकतर्फ पहिलो

खोटाङ – प्रतिनिधिसभातर्फ एउटा मात्रै निर्वाचन क्षेत्र रहेको खोटाङमा समानुपातिकतर्फ