चाडपर्वबाट राष्ट्रिय एकता कायम हुन्छ : प्रदेश प्रमुख गुरुङ « Khabarhub

चाडपर्वबाट राष्ट्रिय एकता कायम हुन्छ : प्रदेश प्रमुख गुरुङ


१० पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

पोखरा – गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले हाम्रा विविध चाडपर्वले राष्ट्रिय एकता कायम गर्न योगदान दिने बताएका छन्।

इसाई धर्मावलम्बीहरूको महान् पर्व ‘क्रिसमस डे’का अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै उनले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक एवं भौगोलिक विविधतायुक्त रहेको उल्लेख गरेका छन्।

हाम्रो देश संविधानतः धर्मनिरपेक्ष राष्ट्र घोषणा भएको सन्दर्भ उल्लेख गर्दै उनले यस्ता धार्मिक उत्सव एवं चाडपर्वहरूले विविध सांस्कृतिक पहिचान बोकेका समुदायबीच आपसी सद्, सहिष्णुता र ऐक्यबद्धताको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए।

जिसस क्राइस्टको जन्मदिनको उपलक्ष्यमा विश्रका इसाई धर्मका अनुयायीहरूले हरेक वर्षको डिसेम्बर २५ तारिखको दिनलाई धार्मिक सांस्कृतिक उत्सवका रूपमा ‘क्रिसमस डे’ मनाउने गरिएको सन्देशमा भनिएको छ। यस पर्वले विविध धर्म संस्कृति मान्ने सम्पूर्ण नेपालीका बीच आपसी सद्भाव सामाजिक एकता र भातृत्व कायम गर्ने उनले अपेक्षा गरेका छन्।

प्रकाशित मिति : १० पुस २०७९, आइतबार  ७ : ३५ बजे

पोलिसिस्टिक ओभरी सिन्ड्रोम : केटीको दाह्रीजुँगा किन आउँछ ?

काठमाडौं- पछिल्लो समय युवतीहरु अनुहारमा बाक्लो रौँ आउने समस्याले चिन्तित

धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर

भोजपुर– भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र

प्रथम कावासोती गोल्डकप फुटबल आजदेखि हुँदै

नवलपरासी– ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

फिल्मका पछिल्ला १० वर्ष : ब्याजले लम्बिएको हिट लिस्ट

काठमाडौं – नेपाली फिल्मको बजार ४६ करोड ८७ लाखभन्दा बढीको