पार्टीमा छलफल आवश्यक रहेको भन्दै ओलीनिवासबाट जसपा नेता राई बाहिरिए « Khabarhub

पार्टीमा छलफल आवश्यक रहेको भन्दै ओलीनिवासबाट जसपा नेता राई बाहिरिए


१० पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नयाँ सरकार गठनका लागि छलफल चलिरहेका बेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटबाट जनता समाजवादी पार्टी जसपाका वरिष्ठ नेता अशोक राई बाहिरिएका छन् ।

पार्टीमा थप छलफल आवश्यक रहेको भन्दै उनी बाहिरिएका हुन् । जसपाको संसदीय दलको नेता पनि चयन नभएकाले पार्टीमा छलफल आवश्यक रहेको उनको भनाइ छ ।

बालकोटमा जारी बैठकमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीका नेताहरुको सहभागिता रहेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार बनाउन आह्वान गर्न तोकेको एक हप्ताको समय आज पाँच बजे सकिनुअघि नेताहरुबीच भेटवार्ता भएको हो ।

प्रकाशित मिति : १० पुस २०७९, आइतबार  ३ : ०१ बजे

निर्वाचन प्रहरीका लागि खोटाङमा मागभन्दा कम युवाको आवेदन

खोटाङ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

ट्रम्पको ‘बोर्ड अफ पिस’मा पाकिस्तान सहभागी भएपछि देशभित्र मतभेद

काठमाडौं- अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको पहलमा गठन गरिएको ‘बोर्ड अफ

कांग्रेसले सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने

काठमाडौं– नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा

अख्तियारमा तनहुँका स्थानीय तहविरुद्ध ७३ उजुरी

दमौली– अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयमा तनहुँका स्थानीय तहविरुद्ध

यस्तो छ आजको कृषिउपजको थोक मूल्य

काठमाडौं–  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि