नगरको योजनाबाट निजी प्लटिङमा बाटो निर्माण ? « Khabarhub

नगरको योजनाबाट निजी प्लटिङमा बाटो निर्माण ?


२१ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नागार्जुन नगरपालिकाले आफ्नो विकास योजनामा सार्वजनिक बाटो निर्माण कार्यलाई बेवास्ता गर्दै निजी प्लटिङका लागि सडक निर्माण गरेको पाइएको छ । सो नगरपालिकाले स्थानीय जनताका प्राथमिकतालाई छाडेर निजी जग्गा प्लटिङ गर्ने व्यापारीको स्वार्थअनुकूलका योजना निर्माण गरेको पाइएको राजधानी दैनिकमा खबर छ ।

स्थानीय वडाले योजना निर्माणका क्रममा प्लटिङ तथा निजी व्यक्तिको स्वार्थअनुरूपका योजना छनोट गरेको आरोप लगाएका छन् । वडा क्षेत्रका विभिन्न तीन स्थानमा प्लटिङ गरिएका जग्गा रहेका क्षेत्रमा नगरपालिकाको योजनाअन्तर्गत सडक निर्माणका काम भइरहेका छन् ।

स्थानीय रामबहादुर कुँवर भन्छन्, ‘स्थानीयका प्राथमिकताका काम छाडेर वडाले निजी स्वार्थका कामलाई प्राथमिकतामा राख्ने गरेको छ । इचंगुनारायण तथा ह्वाइट गुम्बा जस्ता महत्त्वपूर्ण धार्मिक तथा पर्यटकीय स्थल जाने सडक अलपत्र छन् । न त तिनको मर्मत सम्भार गरिएको छ न त स्तरोन्नत्ति नै ।’

नगरपालिकाका यी काम विवादित बनेको छ । निजी प्लटिङमा नगरपालिकाको लगानीमा सडक बनिरहेको यो विषयको मुद्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत छानबिनको क्रममा रहेको छ । नगरपालिकाका प्रवक्ता थुमराज केसीका अनुसार अख्तियारले यस सम्बन्धको जवाफ माग गरेको र नगरपालिकाले जवाफ लेखेर पठाएको छ ।

नागार्जुन नगरपालिका–३ मा योजना निर्माणका क्रममा सडक तथा बाँध निर्माणअन्तर्गत योजनाका नाममा बनेका अधिकांश योजना जनचाहनाभन्दा बढी प्लटिङ गरिएका जग्गाका लागि सडक निर्माण, निजी जग्गा संरक्षण र जग्गाको मूल्यवृद्धि गर्ने बाहेक जनअपेक्षाअनुरूपको काम हुन नसकेको कुँवरको भनाइ छ । कुँवरले वडाले रिटेलिङ वाल निर्माणलगायतका कामसमेत व्यक्तिगत स्वार्थअनुरूप गरेको दाबी गरे ।

नगरपालिकाले बजेट दिने भए पनि वडाबाट योजना छनोट हुनुपर्ने हुन्छ । स्थानीयले योजना छनोटका क्रममा वडाध्यक्ष प्रेमलाल श्रेष्ठले स्वार्थअनुकूल यस्ता योजना ल्याएको आरोप लगाए ।

ठेक्कामा नदिई उपभोक्ता समितिमार्फत काम गराइँदा सम्पन्न भएका योजना तथा चालू योजनाका कामको लागत कैयौं गुणा महँगो बन्न पुगेको स्थानीय बताउँछन् ।

प्रकाशित मिति : २१ असार २०७६, शनिबार  ६ : ४२ बजे

दुई वर्षमा सक्नुपर्ने सडक १० वर्षमा पनि उस्तै

बागलुङ– कुनै सडक कालोपत्र गर्न कति वर्ष लाग्ला ?  सहजै

यी भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

बानेश्वरमा ड्युटीमा खटिएका प्रहरी कुट्नेविरुद्ध अभद्र व्यवहारको मुद्दा

काठमाडौँ – काठमाडौँको बानेश्वरमा ड्युटीमा खटिएका प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार

प्रतिनिधिसभाको बैठक बस्दै : प्रधानमन्त्री बालेनले सांसदका प्रश्नको जवाफ दिने

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको

आज इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

काठमाडौँ – इस्लाम धर्मावलम्बीका अन्तिम पैगम्बर हजरत मोहम्मद सलल्लाहो (रसुल)