नयाँ मन्त्री टुंग्याउन मा‌ओवादी पदाधिकारी बैठक जारी « Khabarhub

नयाँ मन्त्री टुंग्याउन मा‌ओवादी पदाधिकारी बैठक जारी


११ पुस २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा माओवादी केन्द्रले सरकारको नेतृत्व गर्ने भए पछि नयाँ बन्ने मन्त्री टुंग्याउन पदाधिकारी बैठक बसिरहेको छ।

पार्टी कार्यालय पेरिसडाँडामा जारी बैठकमा माओवादीले सरकारमा पठाउने मन्त्रीका विषयमा छलफल भइरहेको एक नेताले बताएका छन्।

पुरानो गठबन्धन भत्काएर नयाँ बनाउनुपर्ने अवस्थाबारे प्रधानमन्त्री एवं अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ब्रिफिङ गरेका छन्। हिजो प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले आज अपराह्न चार बजे केही मन्त्रीहरुसहित पद तथा गोपनीयताको शपथग्रहणको तयारी गरेका छन् ।

माओवादी केन्द्रको बैठकलगत्तै सत्ता गठबन्धन (प्रचण्डलाई प्रधानमन्त्रीको रुपमा समर्थन गरेका दलहरु)को बैठक बस्ने छ ।

प्रकाशित मिति : ११ पुस २०७९, सोमबार  ९ : २९ बजे

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको

साउदी-टर्की-पाकिस्तान रक्षा सम्झौताप्रति ट्रम्पले के भने ?

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौताको स्वागत गर्दै यसलाई

बारामा तीन दिनदेखि बेपत्ता तीन वर्षीय बालिकाको शव छिमेकीको घरमा भेटियो

काठमाडौँ । बाराको जितपुरसिमराकी ३ वर्षीय बालिकाको शव तीन दिनपछि