खोटाङका तीन वडासचिवविरुद्ध विशेष अदालतमा आरोप–पत्र दायर « Khabarhub

खोटाङका तीन वडासचिवविरुद्ध विशेष अदालतमा आरोप–पत्र दायर


११ पुस २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

खोटाङ – सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको दावी सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खोटाङका तत्कालिन तीन वडासचिव विरुद्ध आरोप–पत्र दायर गरेको छ । सामाजिक सुरक्षा भत्ता हिनामिना गरेको दावी सहित परेको उजुरीका आधारमा अख्तियारले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका तत्कालिन वडा सचिव मोहनप्रसाद आचार्य, जानुका श्रेष्ठ र पवन श्रेष्ठ विरुद्ध कसुर सजाय र विगो असुलउपरको मागदावी सहित सोमबार विशेष अदालत, काठमाडौंमा आरोप–पत्र दायर गरेको हो ।

तीन जना विरुद्ध २०७४/०७५ र २०७५/०७६ मा सामाजिक सुरक्षाभत्ता वितरणमा दोहोरो पर्नेगरी, मानिस नै नभएको, मृत्यु भइसकेको, अभिलेख नै नभएको तथा बसाईसराई गरी अन्यत्र गएका व्यक्तिको समेत सामाजिक सुरक्षा भत्ता वितरण गरेको भरपाई बनाएर हिनामिना गरेको उजुरी परेको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिएका छन् ।

आर्थिक वर्ष २०७४/०७५ को पहिलो चौमासिक किस्तामा नौ जना लाभग्राहीको नाम देखाएर ५५ हजार २०० हिनामिना गरेको दावी सहित आचार्य उपर सो रकम बिगो कायम गरी असुल उपर गर्न माग दावी गरिएको छ ।

यस्तै, जानुकाबाट आर्थिक वर्ष २०७४/०७५ को दोश्रो किस्तादेखि आर्थिक वर्ष २०७५/०७६ को दोश्रो किस्तासम्ममा ३० जनाको नाममा झिकेर हिनामिना भएको एक लाख ७७ हजार ६०० रुपैयाँ सामाजिक सुरक्षा भत्ता असुलउपर गर्न दावी गरिएको छ । पवनमाथि आर्थिक वर्ष २०७५र०७६ को तेश्रो किस्तामा सात जनाको नाममा निकासा गरिएको ३५ हजार २०० रुपैयाँ सामाजिक सुरक्षाभत्ता हिनामिना गरेको आरोप छ ।

प्रकाशित मिति : ११ पुस २०७९, सोमबार  ९ : ५८ बजे

बाढीप्रभावित लाङटाङका सबै परिवारलाई हेलिकप्टरमार्फत खाद्यान्न वितरण

रसुवा– गत भदौ १० गतेको विनाशकारी बाढीबाट सडक र पैदलमार्ग

कांग्रेस सहमहामन्त्री खस आर्यमा मनोजमणि आचार्यको अग्रता, जगदीश्वर केसी पछ्याउँदै

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खस आर्यतर्फको केन्द्रीय सहमहामन्त्री पदमा

उदयपुरमा बस दुर्घटना एकको मृत्यु, १६ जना घाइते

उदयपुर– काठमाडौँबाट धरानतर्फ गइरहेको यात्री बस उदयपुरमा बस मदन भण्डारी

राजमार्गका अस्वस्थकर र महँगा होटलमा रोकिए चालक र सञ्चालकलाई कडा कारबाही हुने

काठमाडौँ– सार्वजनिक यात्रुवाहक सवारी साधन रोकिने राजमार्ग क्षेत्रका होटल तथा

सामुदायिक विद्यालयमा पूर्वाधार लगानी : पहिलो चरणमा छानिए ८९ विद्यालय, मधेशलाई प्राथमिकता (सूचीसहित)

काठमाडौँ– शिक्षा तथा खेलकुद मन्त्रालयले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत