विश्व इतिहासमा आजः बेनेजिर भुट्टोको हत्यादेखि इन्डोनेसिया स्वतन्त्रसम्म « Khabarhub

विश्व इतिहासमा आजः बेनेजिर भुट्टोको हत्यादेखि इन्डोनेसिया स्वतन्त्रसम्म


१२ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

आज सन् २०२२ को २७ डिसेम्बर । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही महत्वपूर्ण घटनाः

बेनेजिर भुट्टोको हत्या

सन् २००७ को २७ डिसेम्बरमा पाकिस्तानकी तत्कालीन प्रधानमन्त्री बेनेजिर भुट्टोको हत्या भएको थियो । निर्वाचनबारे रावलपिन्डीमा आयोजित चुनावी कार्यक्रममा सहभागी हुने क्रममा एउटा आत्मघाती विस्फोटमा उनको मृत्यु भएको थियो ।

इन्डोनेसिया स्वतन्त्र

सन् १९४९ मा इन्डोनेसिया स्वतन्त्र भएको थियो । चार वर्षको क्रान्ति र संर्घषपछि दक्षिणपूर्वी एसियाली देश इन्डोनेसिया स्वतन्त्र भएको थियो । सन् १९४५ मा सुकार्नोले इन्डोनेसिया स्वतन्त्र भएको घोषणा गरेको थिए । उनको घोषणालाई सन् १९४९ मा डचले मान्यता दिएको थियो ।

ट्रिटी अफ भर्सेलिज

सन् १९१८ देखि सन् १९१९ सम्म पोल्यान्डमा क्रान्ति भएको थियो । पोल्यान्डका तत्कालीन प्रधानमन्त्री इग्नेसी पादरविस्कीको एउटा भाषणपछि पोल्यान्डले जर्मनविरुद्ध विद्रोह घोषणा गरेको थियो । विद्रोहपछि भएको सन्धि ट्रिटी अफ भर्सेलिजपछि पोल्यान्डले केही नयाँ भूभाग प्राप्त गरेको थियो ।

पहिलो पटक एनेस्थेसियाको प्रयोग

सन् १८४५ मा पहिलो पटक बच्चा जन्माउने क्रममा एनेस्थेसिया दिइएको थियो । अमेरिकी चिकित्सक डा। क्राफोर्ड लङले प्रसुति व्यथा लागेपछि आफ्नै श्रीमतीलाई सो औषधि दिएका थिए । सोही घटनाले औषधि र शल्यक्रियाको क्षेत्रमा क्रान्ति ल्याएको थियो ।

प्रकाशित मिति : १२ पुस २०७९, मंगलबार  ६ : २८ बजे

भारत आणविक इन्धन आत्मनिर्भरतातर्फ

नयाँदिल्ली– भारतले आफ्नै आणविक इन्धन उत्पादनतर्फ महत्त्वपूर्ण फड्को मारेको छ

शैक्षिक सत्र सुरु हुनुअघि नै भर्ना लिए कारवाही हुने

काठमाडौँ– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नयाँ शैक्षिक सत्र सुरु

सुनको मूल्य बढ्यो, आज कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य सामान्य बढेको छ ।

विदेशको ज्ञान, स्वदेशमा कमाइ

चितवन– दश वर्ष दुबईमा मजदुरी गरेर फर्किएका टीकाबहादुर गुरुङले मायाँटारमा

नेपाल टेलिकमको सेवामा सुधार : डाटा सकिँदा स्वतः पैसा नकाटिने

काठमाडौं– नेपालको दूरसञ्चार क्षेत्रमा सेवा गुणस्तरबारे लामो समयदेखि उठ्दै आएका