इरानमा हिजाब विरोधी आन्दोलन उत्कर्षमा | Khabarhub Khabarhub

इरानमा हिजाब विरोधी आन्दोलन उत्कर्षमा

‘जहाँ यातना दिएर सयौँ मारिए पनि विरोध रोकिएको छैन’


१२ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

इरानमा हिजाब विरोधी आन्दोलनले एक सय दिन पुरा गरेको छ । सन् १९७९ यताको यो सबैभन्दा लामो समयको आन्दोलन र विद्रोह समेत हो । यो एक सय दिनको अन्तरालमा ६९ जना बच्चासहित पाँच सय जना भन्दा बढी प्रदर्शनकारीले ज्यान गुमाएका छन् ।

मानव अधिकारवादी अभियन्ताको समाचार एजेन्सी हरानाका अनुसार दुई जनालाई भने झडपमा नभई मृत्यु दण्ड दिएर मारिएको थियो । २६ जनाको विरुद्धमा मुद्दाको सुनुवाइ भइरहेको छ ।

इरानमा बारम्बार यस्ता विद्रोह नहुने होइन । परन्तु सन् २०१७ र २०१८ मा भएका प्रदर्शन र विरोधलाई सरकारले केही दिनको अन्तरालमै साम्य पारेको थियो । सन् २०१९ मा भएको प्रदर्शन पनि लामो समय रहेको थिएन ।

मानव अधिकारवादी अभियन्ताको समाचार एजेन्सी हरानाका अनुसार दुई जनालाई भने झडपमा नभई मृत्यु दण्ड दिएर मारिएको थियो । २६ जनाको विरुद्धमा मुद्दाको सुनुवाइ भइरहेको छ ।

‘उमन लाइफ फ्रिडम’को रूपमा रहेको अहिलेको यो आन्दोलन अब कुन मोडमा जाने हो, त्यो धेरैका लागि चासोको विषय बनेको छ । आफूलाई गिरफ्तार गराएरै भए पनि केही इरानी सेलिब्रेटीले प्रदर्शनकारीको समर्थनमा आवाज उठाउन थालेका छन् ।

युवा प्रदर्शनकारीको रिहाइको माग गर्दै आवाज उठाएकी चर्चित इरानी अभिनेत्री तारेनाह अलीदोस्ती अहिले नोटीरियस एभिन जेलमा छिन् । त्यस भन्दा अगाडी नै हेड स्कार्फ नलगाई फोटो खिचेर उनले विरोधको आवाजमा स्वर थपेकी थिइन् ।

‘मैले तारेनहसँग चार फिल्ममा काम गरेको थिएँ । आफ्नै देशका व्यक्तिको जायज अधिकारको माग गर्दा अहिले उनी जेलमा छिन् । उनी माथिको गैर न्यायिक गिरफ्तारीको आवाज उठाउन जरुरी छ’ अलीदोस्तलाई ओसकार विजेता चलचित्र त सेल्स म्यानमा निर्देशन गरेको निर्देशक अस्गर फरादीले इन्सटाग्राममा पोस्ट गरेका छन् ।

“यदि त्यसरी समर्थन गर्ने अपराधी हो भने करोडौँ मानिसहरू अपराधी ठहर हुन सक्छन्”,फरादीले थप बताए । इरान छाडेका अर्का एक अभिनेता पेगाह अंगरानी राज्य पक्ष अतिवादी भएका कारण समस्या थपिएको बताउन थालेका छन् । उनकै विचारमा पनि इरान अफ मसाहा अमिनी प्रकरण भन्दा अगाडीको युगमा प्रवेश गर्न सक्दैन । १६ सेप्टेम्बरको दिन हिरासतमा अमिनीको मृत्यु भएको हो ।

इरानमा नाम चलेका व्यक्तित्व राज्यको विरुद्धमा सक्रिय हुने क्रम जारी छ । चर्चित फुटबलर अलि करिमी यसैमध्येका एक हुन् । यसै आन्दोलनका कारण उनी अहिले अमेरिका पुगेका छन् ।

अर्का परिचित इरानी अभिनेता हमिद फारोकने जाद यसै महिनाको सुरुवातमा अमेरिका पुगेका छन् । उनले इरानका सर्वोच्च नेता अलि खमिनीलाई तानासाहको संज्ञा दिँदै स्टालिन र मुसोलिनीसँग तुलना गरेका छन् ।

इरानमा नाम चलेका व्यक्तित्व राज्यको विरुद्धमा सक्रिय हुने क्रम जारी छ । चर्चित फुटबलर अलि करिमी यसैमध्येका एक हुन् । यसै आन्दोलनका कारण उनी अहिले अमेरिका पुगेका छन् । इन्सटाग्राममा १ करोड ४० लाख भन्दा बढी फलोअर भएका उनी अहिले इरान सत्ताका सबै भन्दा कटु आलोचक हुन् ।

देश भरी भएको आन्दोलनको पक्षमा आवाज उठाएका कारण अर्का फुटबलर स्टार अलि दाइको गहना पसल र रेस्टुरेन्ट प्रशासनले बन्द गरेको छ । प्रदर्शनकारी माथि पेट्रोल बम खसालिए पछि त्यहाँको विद्रोह घट्ने होइन चर्कँदो छ ।

सुरुमा हिजाव विरुद्धमा रहेको आन्दोलन अहिले सिया मुस्लिमको संस्कृतिको अध्ययन गराइने हवजाको विरुद्धमा पनि देखिन थालेको छ । यो आन्दोलन चली रहेको समयमा दुई जनालाई मृत्यु दण्ड दिइएको कारण सरकारविरुद्ध ह्युमन राइट वाच आक्रोशित बनेको छ ।

तल्लो तहदेखि नै गैर न्यायिक वातावरण रहेको कुरा यसै घटनाले पुष्टि गरेको मानव अधिकारवादी संस्थाले जनाएका छन् । मृत्युप्रति प्रतिबद्ध भएकाहरूलाई पनि अहिले चरम यातना दिइएको छ ।

देश भरी भएको आन्दोलनको पक्षमा आवाज उठाएका कारण अर्का फुटबलर स्टार अलि दाइको गहना पसल र रेस्टुरेन्ट प्रशासनले बन्द गरेको छ ।

कुर्दीस मानव अधिकारवादी नेटवर्कले दिएको जानकारी अनुसार समन यासिनलाई पनि केही दिनमा मृत्युदण्ड दिइँदै छ । उनलाई पनि त्यत्तिकै यातना दिइएको छ । इरानको अदालतले शनिबार मार्ने गरी फैसला सुनाएको थियो । त्यसपछि उनले पुनरावेदन गरे पनि निर्णय उनको पक्षमा आउन सकेन ।

२६ वर्षीय एमच्योर बडी बील्डर सहनाद नुरमाद जादेहको अभिव्यक्ति र उनले पोस्ट गरेको भिडियो बाहिर आएको छ । त्यसमा उनलाई पनि चरम यातना दिइएको कुरा उल्लेख गरिएको छ ।

‘इन्मीटी एगनीसट ल’ भन्ने कानुनको आधारमा गिरफ्तार भएका उनलाई अदालतले नोभेम्बरमा मृत्युदण्डको सजाय सुनाएको थियो । २३ सेप्टेम्बरमाबीचमा बाटोमा प्रदर्शन गरेर सवारी साधनमा अवरोध सिर्जना गरेको आरोप उनीमाथि थियो । उनले बारम्बार त्यस आरोपलाई खण्डन गरेका थिए ।

जेलमा बस्ने कैदीहरूको एक्स–रे गर्ने उपकरणमा समस्या उत्पन्न भएको छ । डा. हमिद घरे हस्लानुलाई यसैको आधारमा मृत्युदण्ड समेत दिइयो । समाचार श्रोतका उनी पनि यातना सहनेको सूचिमा छन् ।

संसारमा हुने गरेका र इरानमा विगतमा भएको विद्रोह भन्दा यस विद्रोहको स्वरूप केही फरक छ । महिलाहरू बिच सडकमा ठुलो भीडमा हिँड्ने गरेका छन् । यस क्रममा बाटोमा नाच्दै हिँड्नेहरूले स्कार्फ जलाउने देखि कपाल काट्ने काम सम्म गर्ने गरेका छन् । उनीहरूको यो काम अन्तर्राष्ट्रिय निकायले समेत चासो दिने गरी फैलिन थालेको छ ।

अमिनीको हत्या भएपछि शान्तपूवर्क प्रदर्शन भएको थियो । इरान सरकारले यसलाई हिंसात्मक प्रदर्शनको संज्ञा दिएको थियो । त्यस पछि सरकारले नीति परिवर्तन गरेको थियो । महिलालाई भेला गर्नमा सामाजिक सञ्जालको भूमिका बढी रहेको भन्दै यसमा निगरानी गर्ने काम सरकाले गरेको थियो । अमिनीको एक सातामा इरानमा एकदमै बढी प्रयोग हुने वाट्सएप र इन्सटाग्राम बन्द गरिएका थिए ।

त्यस पछिको चरणमा आन्दोलनकारीले कपाल काट्ने अभियानको सुरुवात गरेका थिए । यस अभियानलाई साथ दिने क्रममा संसारमा नै लक देखाउने प्रचलनको सुरुवात भएको थियो । त्यस पछि कतारको दोहामा भएको विश्वकपमा पनि इरानी विद्रोहले असर गरेको थियो । सप्तरङ्गी टोपी लगाउने कामले प्रश्रय पाएको विश्वकपमा इरानी खेलाडीले राष्ट्रिय गान गाउन अस्वीकार गरेर पछि ठुलो चर्चा भएको थियो ।

इरान सरकारको आक्रमणको निसाना टिन एजर समेत हुन थालेपछि आक्रोश थपिएको थियो। १६ वर्षीय सकार्मीको मृत्यु मात्र भएन । उनको मृत्यु पछि परिवारलाई दबाबमा राख्दै झुटो विज्ञप्ति जारी गर्न बाध्य बनाइएको थियो । आफ्नो २० औ जन्म दिन मनाउन एक दिन बाँकी हुँदा जेमी ओलीभरको ज्यान गएको थियो ।

मोन्सेह सकारी मृत्युदण्ड पाउन पहिलो प्रदर्शनकारी बने । त्यस पछि रेन्जा रानावार्डलाई सार्वजनिक स्थलमा नै मृत्युदण्ड दिइएको थियो । यसलाई हिंसाको चरम नमुनाको रूपमा संसारले हेरेका थियो ।

इरान सरकारको आक्रमणको निसाना टिन एजर समेत हुन थालेपछि आक्रोश थपिएको थियो । १६ वर्षीय सकार्मीको मृत्यु मात्र भएन । उनको मृत्यु पछि परिवारलाई दबाबमा राख्दै झुटो विज्ञप्ति जारी गर्न बाध्य बनाइएको थियो ।

एक सय दिन पार गर्दा प्रदर्शनकारीको केन्द्र राजधानी तेहरान हुँदै मसाद , कराज, सानन्द राज, अभाज, इस्फान र बन्दर अब्बास छन् । यो प्रदर्शनमा “तानाशाहको मृत्यु” र “हामी इस्लामिक राज्य चाहँदैनौ” भन्ने प्ले कार्ड बोकिएका छन् ।

मौसम पनि प्रतिकुल छ । समय समयमा पानी पर्ने हिउँ पर्ने क्रम जारी छ । यस समयमा पनि प्रदर्शनकारीलाई कुनै कुराको परवाह नै छैन। धेरै स्थानमा प्रदर्शनकारीले प्रस्तुत गर्ने ब्यानरमा न्यायाधीश हत्यारा भएको तथा राज्य भ्रष्टाचारी भएको कुरा उल्लेख गरिएको छ ।

एक समूहले अहिले भिडियो सार्वजनिक गर्दै प्रदर्शनलाई फैलाइ रहेको छ । १५०० अवतारको नाममा भिडियो सार्वजनिक गर्ने र सूचना सबैको पहुँचमा लैजाने काम भइरहेको छ ।

एक सय दिनपछि इरानमा अहिले सरकारका केही व्यक्तिहरू वार्ताको पक्षमा देखिन थालेका समाचार बाहिर आउन थालेका छन् । लगातारको यस प्रदर्शनका कारण त्यहाँका अर्थतन्त्र नै क्षत विक्षत पनि हुन सक्ने छ । सरकार भित्र केही माग पुरा गरेर भए पनि आन्दोलनलाई मत्थर पार्नु उपयुक्त भएको केही पक्षले ठहर गरेको छ । ती केही माग पुरा भई हाल्ने कुरा अनिश्चित नै छ । परन्तु, इरानी महिलाको बहादुरी भने स्यालुट गर्नै पर्छ ।

(स्रोत : जेरुसेलम पोस्ट, बीबीसी, ओइयो न्युज)

प्रकाशित मिति : १२ पुस २०७९, मंगलबार  ७ : ५८ बजे

नक्कली लेबलिङ गरेर कम्प्युटर बेचबिखन गर्ने दुईजना पक्राउ

कामठाडौं । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले डेल कम्पनीको लोगो

रविले बोले पनि फुकेन संसदको गाँठो

काठमाडौं- प्रतिनिधिसभा बैठकमा भइरहेको अवरोध हटाउने सत्तापक्ष र प्रतिपक्षको केही

बर्दियामा पाटेबाघ मृतावस्थामा फेला

बर्दिया – बर्दियाको मधुवन नगरपालिका–४ का कालिका सामुदायिक वनमा मृतावस्थामा

जनतामा रहेको निराशालाई सम्बोधन गर्नुपर्छ : माधव नेपाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

‘समीक्षा यात्रा’मा निस्कियो रास्वपा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री डा. मुकुल ढकालले ‘समीक्षा