‘नयाँ काम नभए पनि कार्यकालमा उपलब्धि धेरै भएका छन्’ « Khabarhub

‘नयाँ काम नभए पनि कार्यकालमा उपलब्धि धेरै भएका छन्’


१२ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– निर्वतमान स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले आफ्नो कार्यकालमा धेरै नयाँ काम नभए पनि उपलब्धि भने भएको बताएका छन् ।आज स्वास्थ्य मन्त्रालयले आयोजना गरेको बिदाई कार्यक्रममा बोल्दै उनले भने, ‘मेरो छ महिने कार्यकालमा नयाँ सुरुआत नभए पनि कैयन उपलब्ध भने भएका छन् ।’

उनले कार्यकालमा आधारभूत अस्पताल निर्माणलाई तीव्रता दिएको तथा कोरोना महामारीविरुद्धको खोप लगाउने कार्यमा सफलता मिलेको भन्दै विश्व स्वास्थ्य सङ्गठनले समेत प्रशंसा गरेको बताए । 

‘मेरो कार्यकालमा जे जति काम भएका छन् त्यसको श्रेय सबै स्वास्थ्यकर्मी र कर्मचारीलाई पनि जान्छ’, उनले भने, ‘यसका लागि मन्त्रालयका कर्मचारीलाई धन्यावाद दिन्छु ।’ उनी आफू बिदाइ हुने क्रममा निराश नभएको बताए। ‘म मन्त्रालयमा आउँदा धेरै खुसी थिइन र बिदाइमा पनि निराश छैन, नयाँ मन्त्रीलाई कार्यकालको शुभकामना दिन्छु’, उनले भने ।

उनले नीति, रणनीति र कानुन तर्जुमा, पूर्वाधार निर्माणमा, कोभिड-१९, हैजा र डेङ्गु महामारी रोकथाम तथा नियन्त्रण र सेवा प्रवाह तथा सेवा विस्तार भएका उपलब्धि महत्वपूर्ण भएको बताएका छन् ।

प्रकाशित मिति : १२ पुस २०७९, मंगलबार  १ : ४४ बजे

फिफा विश्वकप प्रसारण गर्नसक्ने यी प्राइभेट वेबसाइट र एप बन्द गर्‍यो सरकारले

काठमाडौं– सरकारले फिफा वर्ल्डकपको वेब र मोबाइल एपबाट प्रसारण गर्नसक्ने प्राइभेट

अत्यधिक गर्मी र लु को जोखिम बढ्दो : सतर्क रहन स्वास्थ्य मन्त्रालयको अपिल

काठमाडौं– पछिल्लो समय देशका विभिन्न भागमा गर्मी लगातार बढिरहेको छ

के हो सामाजिक सञ्जालमा भाइरल ३७० को चिकेन बिरयानी कन्ट्रोभर्सी ?

काठमाडौं- भारतमा एक जना युवकले स्ट्याण्ड-अप कमेडी शोमा आफ्नो पहिलो

विभिन्न ३ प्रकारका औषधीको आयात तथा बिक्रीमा कडाइ, विभागद्वारा नयाँ व्यवस्था लागू

काठमाडौं– औषधि व्यवस्था विभागले प्रेगाबालिन डाइसाइक्लोमिन र प्रोमेथाजिन समूहका औषधिको दुरुपयोग

उपराष्ट्रपति यादव र कोशी प्रदेश प्रमुख खापुङबीच भेट

काठमाडौं – उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले आज