रुपन्देहीका उद्योगी व्यवसायी आन्दोलित « Khabarhub

रुपन्देहीका उद्योगी व्यवसायी आन्दोलित


१२ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- रुपन्देहीका उद्योगी व्यवसायी आन्दोलित बनेका छन् । बैंक तथा वित्तीय संस्थाको चर्को ब्याजदर, बैंकिङ नीतिको विरोधमा उनीहरुले भैरहवास्थित राष्ट्र बैंक अगाडि धर्ना दिएका छन् ।

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको चर्को ब्याजदरविरुद्ध व्यवसायीको छाता संगठनको अगुवाईमा धर्ना दिइएको हो । राष्ट्र बैंकको ज्यादतीका कारण उद्योगी व्यवसायी प्रभावित भई पलायन हुने अवस्था आएको भन्दै आन्दोलन थालिएको हो । रुपन्देहीका दर्जनभन्दा बढी संस्थाको पहलमा शान्तिपूर्ण विरोध र्‍यालीसहित नेपाल राष्ट्र बैंक, सिद्धार्थनगरमा धर्ना दिएको सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष भिष्म न्यौपानेले बताए ।

संघको परिसरबाट सुरु भएको विरोध र्‍याली विद्रोही चोक, मिलनचोक, बैंक रोड हुदै राष्ट्र बैंक कार्यालय अगाडि गई धर्नामा परिणत भएको थियो । विभिन्न मागसहित नाराबाजी गर्दै आन्दोलनमा उत्रिएका उद्योगी व्यवसायीको ¥याली राष्ट्र बैंक कार्यालय भैरहवाको मूल गेटमा धर्ना दिइ सभामा परिणत भएको थियो ।

राष्ट्र बैंकले अव्यवहारिक खालको ‘चालु कर्जा मार्ग निर्देशन–२०७९’ कात्तिक १ गतेदेखी लागू हुने गरी जारी गरेको छ, यसबाट व्यवसायी आतंकित हुने परिस्थिती आएको आन्दोलनकारीको भनाइ छ । व्यापार, व्यवसायमा गिरावट आएको बेला नेपाल राष्ट्र बैंकले ब्याजदर बढाउँदा उद्योगी, व्यवसायी मर्कामा परेको भन्दै व्यवसायीले चरणबद्ध आन्दोलन थालेका हुन् ।

कोरोनाका कारण समस्यामा परेका उद्योगी व्यवसायी चर्को बैंक ब्याजदरले थप समस्यामा परेको चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) का अध्यक्ष अनिल कुमार ज्ञवालीले बताए । ‘हामी रहरले होइन बाध्यताले आन्दोलनमा उत्रेका हौँ, हाम्रो मागहरु पूरा नभएसम्म आन्दोलनको कार्यक्रम निरन्तर रहने छन्’ उनले भने ।

आन्दोलनको कार्यक्रम गरे पनि राज्यले नसुनेको व्यवसायीको भनाइ छ । माग पूरा नभएसम्म चरणबद्ध रुपमा उद्योग बन्द गरी आन्दोलन जारी राख्ने उनीहरुले बताए ।

प्रकाशित मिति : १२ पुस २०७९, मंगलबार  ६ : १८ बजे

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको