गण्डकी प्रदेश प्रमुखद्वारा प्रदेशसभा अधिवेशन आह्वान « Khabarhub

गण्डकी प्रदेश प्रमुखद्वारा प्रदेशसभा अधिवेशन आह्वान


१२ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

कास्की – गण्डकी प्रदेशसभाको अधिवेशन पुस १८ गते आह्वान गरिएको छ । गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पुस १८ गतेदेखि प्रदेशसभाको अधिवेशन आह्वान गरेका हुन् ।

प्रदेश प्रमुख गुरुङको सचिवालयले आज जारी गरेको विज्ञप्तिमा ‘नेपालको संविधानको धारा १८३ को उपधारा (१) वमोजिम प्रदेशसभाको अधिवेशन विसं २०७९ पुस १८ गते सोमबार दिनको ३ बजेदेखि प्रदेशसभा भवन नदीपुरमा आरम्भ हुनेगरी आह्वान गर्नुभएको व्यहोरा सबैको जानकारीका लागि अनुरोध छ ।’ विज्ञप्तिमा उल्लेख छ ।

अधिवेशन अघि नवनिर्वाचित सांसदलाई सपथ खुवाउने तयारी छ । प्रदेश प्रमुख गुरुङले यही पुस १३ गते बुधबार गण्डकी प्रदेशसभा सदस्य मध्ये ज्येष्ठ सदस्य पर्वत जिल्ला निर्वाचन क्षेत्र नं १ को ९१०बाट निर्वाचित मित्रलाल बस्याललाई सपथ खुवाउने तयारी गरिएको हो ।

प्रत्यक्ष निर्वाचित तथा समानुपातिक प्रणालीबाट प्रदेशसभा सदस्य बनेका सबैलाई सपथ खुवाइने पनि प्रदेश प्रमुखको सचिवालयले जनाएको छ । ६० सदस्यीय गण्डकी प्रदेशसभामा नेपाली कांग्रेसका २७, नेकपा (एमालेका) २२, नेकपा (माओवादी केन्द्र)का आठ, राप्रपाका दुई र नेकपा (एकीकृत समाजवादी)का एक सांसद छन् ।

प्रकाशित मिति : १२ पुस २०७९, मंगलबार  ११ : ०२ बजे

जाजरकोट पहिरो: १० घाइते, तीन जना बेपत्ता

जाजरकोट – अविरल वर्षापछि आएको पहिरोले घर तथा टहरा भत्किँदा

निजी क्षेत्रलाई विद्युत् व्यापारमा सहभागी गराउनुपर्नेमा जोड

काठमाडौँ– मुलुकमा उत्पादित बिजुलीको बजार विस्तार गर्न निजी क्षेत्रलाई यसमा

महिलालाई आत्मनिर्भर बनाउन बङ्गुरपालनमा अनुदान

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाका महिला व्यावसायिक बङ्गुरपालनतर्फ आकर्षित भएका पाइएको

 बाढीपहिरोले देशका विभिन्न सडक अवरुद्ध, यात्रामा सतर्कता अपनाउन आग्रह

काठमाडौँ– अविरल वर्षाका कारण देशका विभिन्न स्थानका गएको बाढीपहिरोले विभिन्न

टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु

झापा– झापामा टिपरको ठक्करबाट एक जना साइकलयात्रीको मृत्यु भएको छ