प्रधानमन्त्री प्रचण्ड, नेपाल यादवबीच भेटवार्ता | Khabarhub Khabarhub

प्रधानमन्त्री प्रचण्ड, नेपाल यादवबीच भेटवार्ता


१३ पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग भेटवार्ता गरेका छन्।

हात्तिवनमा प्रधानमन्त्री प्रचण्ड, नेकपा एसका अध्यक्ष नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवबीच सरकारमा सहभागिता जनाउने बारे छलफल भएको हो। यी दुई दललाई पनि सरकारमा सहभागी गराएर मन्त्रिमण्डल विस्तार गर्ने प्रधानमन्त्री प्रचण्डको तयारी छ।

पुरानो सत्ता गठबन्धन तोडेर नयाँ गठवन्धन बनाएका प्रचण्ड तेस्रो कार्यकालका निम्ति प्रधानमन्त्री बनेका छन्। प्रचण्डको पछिल्लो कदमप्रति पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाल असन्तुष्ट थिए।

आफूहरुसँग छलफल नै नगरी नयाँ गठबन्धन बनाएको नेपालले बताएका थिए।

प्रकाशित मिति : १३ पुस २०७९, बुधबार  १० : २६ बजे

कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख

नवलपरासी– सडक पूर्वाधार नबन्दा कुनै बेला विकट मानिने सर्दी कालोपत्र

कास्कीको हरिचोक–याम्दी सडक स्तरोन्नतिको काम तीव्र गतिमा हुँदै

गण्डकी– राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत कास्कीको हरिचोक–याम्दी खण्डको स्तरोन्नतिको

आज देशभरको मौसम यस्तो छ 

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

सिरिया अब कानुनी बाटोमा अगाडि बढ्यो : विद्रोही नेता अहमद

सिरिया – विद्रोही नेता अहमद अल साराले देशले लामो समयको

राज्य व्यवस्थासहित पाँचवटा समितिको बैठक बस्दै 

काठमाडौं– संघीय संसद अन्तर्गत विभिन्न पाँचवटा समितिको बैठक बस्दैछ ।