मनाङ छाडेका अन्जन चर्च ब्वाइजमा अनुबन्ध « Khabarhub

मनाङ छाडेका अन्जन चर्च ब्वाइजमा अनुबन्ध


१३ पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल राष्ट्रिय फुटबल टोलीका सदस्य अन्जन बिष्ट ‘ए’ डिभिजन लिग क्लब चर्च ब्वाइजमा अनुबन्ध भएका छन्।

मंगलबार मात्रै कीर्तिमानी आठौं पटक लिग च्याम्पियन मनाङ मर्स्याङ्दी क्लब छोडेको घोषणा गरेका अन्जनलाई चर्च ब्वाइजले बुधबार बिहान अनुबन्ध गरेको घोषणा गरेको हो। अन्जनले सामाजिक सञ्चालमार्फत लामो सन्देश लेख्दै मनाङको सम्झौता समाप्त भएको बताएका थिए।

मनाङबाट अन्जनले २०७५ सालको बिना रेलिगेशन लिग उपाधि जितेका थिए। त्यसअघि विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबबाट राष्ट्रिय लिग खेलेका थिए। एन्फा एकेडेमीका अन्जनले पहिलो पटक चर्च ब्वाइजबाट लिग खेल्न लागेका हुन्। चर्च ब्वाइजले पहिलो पटक ‘ए’  डिभिजन लिग खेल्न लागेको हो।

अन्जनले राष्ट्रिय टोलीबाट ११ गोल गरिसकेका छन्। गत असोजमा बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेलमा ह्याट्रिक प्रहार गरेका थिए।

प्रकाशित मिति : १३ पुस २०७९, बुधबार  ११ : ०७ बजे

शिक्षा मन्त्रालयले सातवटै प्रदेशमा शिक्षा संवाद गर्दै, पहिलो कार्यक्रम आज विराटनगरमा

काठमाडौँ– शिक्षा मन्त्रालयले प्रस्तावित शिक्षा ऐन ल्याउनुअघि सातवटै प्रदेशमा पुगेर

नेपाल आयल निगमले काठमाडौँका यी पाँच ठाउँबाट खाना पकाउने ग्यास वितरण गर्दै

काठमाडौँ– नेपाल आयल निगमले आज काठमाडौँका विभिन्न पाँच ठाउँबाट खाना

बाढीपहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– अविरल वर्षाका कारण देशका विभिन्न स्थानका सडक अवरुद्ध भएका

देशभर मनसुन सक्रिय, केही प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

१५ जनामा औलो रोगको सङ्क्रमण

चितवन– गत आर्थिक वर्षमा चितवनका विभिन्न अस्पतालमा उपचारका लागि आएका