मनाङ छाडेका अन्जन चर्च ब्वाइजमा अनुबन्ध « Khabarhub

मनाङ छाडेका अन्जन चर्च ब्वाइजमा अनुबन्ध


१३ पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल राष्ट्रिय फुटबल टोलीका सदस्य अन्जन बिष्ट ‘ए’ डिभिजन लिग क्लब चर्च ब्वाइजमा अनुबन्ध भएका छन्।

मंगलबार मात्रै कीर्तिमानी आठौं पटक लिग च्याम्पियन मनाङ मर्स्याङ्दी क्लब छोडेको घोषणा गरेका अन्जनलाई चर्च ब्वाइजले बुधबार बिहान अनुबन्ध गरेको घोषणा गरेको हो। अन्जनले सामाजिक सञ्चालमार्फत लामो सन्देश लेख्दै मनाङको सम्झौता समाप्त भएको बताएका थिए।

मनाङबाट अन्जनले २०७५ सालको बिना रेलिगेशन लिग उपाधि जितेका थिए। त्यसअघि विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबबाट राष्ट्रिय लिग खेलेका थिए। एन्फा एकेडेमीका अन्जनले पहिलो पटक चर्च ब्वाइजबाट लिग खेल्न लागेका हुन्। चर्च ब्वाइजले पहिलो पटक ‘ए’  डिभिजन लिग खेल्न लागेको हो।

अन्जनले राष्ट्रिय टोलीबाट ११ गोल गरिसकेका छन्। गत असोजमा बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेलमा ह्याट्रिक प्रहार गरेका थिए।

प्रकाशित मिति : १३ पुस २०७९, बुधबार  ११ : ०७ बजे

सुदन र मिराजलाई रक्षा बमको चेतावनी : चुरा लगाएका हातलाई कमजोर ठान्ने भूल नगर्नुहोस्

काठमाडौं – जेन-जी अभियान्ता रक्षा बमले अर्का भगौडा जेन-जी मिराज

निर्वाचन ७३ दिन बाँकीः कस्तो छ समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत ?

काठमाडौं – राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस ७ गते सोमबार तदनुसार

आज २०८२ साल पुस ७ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ७ गते सोमबार तदनुसार