युक्रेनलाई हतियार आपूर्ति गर्ने पाकिस्तानको योजना « Khabarhub

युक्रेनलाई हतियार आपूर्ति गर्ने पाकिस्तानको योजना


१३ पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पाकिस्तानले रुसी आक्रमणको सामना गरिरहेको युक्रेनलाई हतियार आपूर्ति गर्ने योजना बनाइरहेको खुलेको छ ।

भारतीय आर्थिक अनलाइन इकोनोमिक टाइम्सले जनाएअनुसार पाकिस्तानले युक्रेनसँग सीमा जोडिएको पूर्वी युरोपेली मुलुकमार्फत् हतियारको आपूर्ति गर्ने योजना बनाएको हो ।

पाकिस्तानले उक्त पूर्वी युरोपेली मुलुकमार्फत् युक्रेनलाई गोलीगठ्ठा, तोपखाना प्रणाली, रकेट लन्चर आपूर्ति गर्ने तयारीमा रहेको इकोनोमिक टाइम्सले उल्लेख गरेको छ ।

पाकिस्तानको कराँची बन्दरगाहबाट उक्त पूर्वी युरोपेली मुलुकतर्फ हातहतियारको निकासी गर्ने तयारी छ । पाकिस्तानले यसै वर्षको सुरुमा बेलायतका तर्फबाट युक्रेनलाई हतियार निकासी गर्न महत्वपूर्ण भूमिका खेलेको थियो ।

प्रकाशित मिति : १३ पुस २०७९, बुधबार  ६ : ४७ बजे

आज आश्विन कृष्ण औँसी, सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २४ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज २४ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २४ गते शनिबार सन् २०२६

नेपाली कांग्रेसको सभापतिमा गगन थापा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन्। १५औँ