श्रृंखलाबद्ध हत्याको घटनामा संलग्न खान पक्राउ « Khabarhub

श्रृंखलाबद्ध हत्याको घटनामा संलग्न खान पक्राउ


२१ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रहरीको खोजीको सूचीमा रहेका आठ जनाको हत्यामा संलग्न नसिम खान पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले शनिबार बिहान काठमाडौंको नयाँ बानेश्वरबाट खानलाई पक्राउ गरेको हो ।

अपहरण, फिरौती र हत्याको घटनामा संलग्न खान पछिल्लो समय २०७४ फागुनमा मोहम्मद रहमानको अपहरणपछि हत्यामा संलग्न थिए । त्यसपछि फरार उनलाई प्रहरीले पक्राउ गर्न सफल भएको सिआइबीका एसपी दीपक रेग्मीले जानकारी दिए ।

पक्राउ परेका खानलाई कपिलवस्तु पठाउने तयारी भइरहेको एसपी रेग्मीले बताए । कपिलवस्तुमा श्रृंखलाबद्ध घटनामा संलग्न उनी भारतमा लुकीछिपी बस्दै आएका थिए । खान विभिन्न ८ वटा हत्या घटनामा संलग्न रहेको देखिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २१ असार २०७६, शनिबार  २ : ३९ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडाैं – भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

त्रिशूली नदीमा शव खोज्दै तनहुँ प्रहरी

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि त्रिशूली नदीमा बगेर

ज्वालामुखी विस्फोटपछि जकार्ता विमानस्थलमा अवरूद्ध सेवा थपियो

जकार्ता – इन्डोनेसियाको प्रमुख विमानस्थलमा ले सोमबार सञ्चालन हुने अपेक्षा

पृथ्वी राजमार्गको परेवाभीरमा यातायात सञ्चालन

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको परेवाभीर खण्डमा सोमबार साँझदेखि यातायात

विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले विपत्तिको