रास्कोटमा अप्टिकल फाइबर सञ्चालन हुँदै « Khabarhub

रास्कोटमा अप्टिकल फाइबर सञ्चालन हुँदै


१४ पुस २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

मान्म– कालीकोटको रास्कोट नगरपालिकामा अप्टिकल फाइबरबाट इन्टरनेट सञ्चालनमा आउने भएको छ । रास्कोट नगरपालिकामा इन्टरनेट भरपर्दो बनाउनका लागि अप्टिकल फाइबरबाट इन्टरनेट सञ्चालनमा आउने भएको हो ।

रास्कोट नगरपालिकाको मुकाम आरसिपी बजारमा वर्डलिङ्कले अप्टिकल फाइबर इन्टरनेट सञ्चालनमा ल्याउन लागेको छ । पछिल्लो समय फाइबर इन्टरनेट एकदमै लोकप्रिय हुँदै गएको र अहिले फाइबर इन्टरनेटको माग बढ्दै गइरहेको अवस्थामा रास्कोट नगरपालिकालाई प्रविधिमैत्री बनाउनका लागि फाइबर नेट जडान गर्न लागिएको रास्कोट नगरपालिकाका प्रमुख धर्मराज शाहीले जानकारी दिए। 

‘अरु माध्यमभन्दा फाइबर इन्टरनेटको गती राम्रो हुने भएकाले जडान गर्न लागिएको हो ।’ उनले भने, ‘अबका केही दिनमा रास्कोट नगरपालिकामा जडान हुनेछ ।’ नगरपालिकालाई प्रविधिमैत्री बनाउनका लागि फाइबर नेट जडान हुने र यसले विद्यालय, सरकारी कार्यालय र निजी क्षेत्रलाई सेवा लिने प्रमुख शाहीले जानकारी दिए।

‘हामीले शिक्षा, स्वास्थ्य, रोजगार र अन्य क्षेत्रमा काम अगाडि बढाएका छौँ’, उनले भने, ‘अहिलेको सूचना प्रविधिको युगमा इन्टरनेट पनि अपरिहार्यजस्तै भएको छ ।’

प्रकाशित मिति : १४ पुस २०७९, बिहीबार  ५ : ४५ बजे

ललितपुर महानगरको नयाँ प्रशासनिक भवनको उद्‌घाटन

काठमाडौं– ललितपुर महानगरपालिकाको नयाँ प्रशासनिक भवन राष्ट्रपति रामचन्द्र पौडेलले आज

क्यानडाको श्रम बजारमा सुधार

एजेन्सी – क्यानडामा नोभेम्बर महिनामा कुल ५४ हजार व्यक्तिले रोजगारी

ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा

ओखलढुङ्गा– ओखलढुङ्गाको ढेबुवाका स–साना विद्यार्थीहरू ‘रबरबोट’ को भरमा दैनिक सुनकोशी

बजार अनुगमनमा विभाग थप सक्रिय

काठमाडौं– बजार अनुगमन तथा निरीक्षणलाई पछिल्ला दिनमा प्रभावकारी बनाइरहेको वाणिज्य,

हेटौंडामा सडक छेउका घर-संरचनाहरू भत्काउन सुरु (तस्बिरहरू)

काठमाडौं– सडक डिभिजन हेटौंडाले आज बिहानैबाट बुद्धचोक क्षेत्रमा सडक विस्तारका