अफगानिस्तानमा पूर्ववर्ती सरकारमा काम गरेका सुरक्षाकर्मीको हत्या अझै रोकिएन « Khabarhub

अफगानिस्तानमा पूर्ववर्ती सरकारमा काम गरेका सुरक्षाकर्मीको हत्या अझै रोकिएन


१५ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अफगानिस्तानमा पूर्ववर्ती सरकारको मातहतमा काम गरेका सुरक्षाकर्मीको रहस्यमय हत्याको क्रम अझै नरोकिएको पाइएको छ । अफगानिस्तानको खामा प्रेसले स्रोतलाई उद्धृत गर्दै तालिबानको शासनमा पूर्ववर्ती सरकारको मातहतमा काम गरेका सुरक्षाकर्मीको हत्या हुने क्रम अझै नरोकिएको उल्लेख गरेको हो ।

गत वर्षको अगस्ट महिनामा अफगानिस्तानको सत्ता कब्जा गरेपछि तालिबानले पूर्ववर्ती सरकारमा काम गरेका सबैलाई आममाफीको घोषणा गरेको थियो ।

तालिबानको घोषणाका बावजुद पूर्ववर्ती सरकारअन्तर्गत खटिएका सुरक्षाकर्मीलाई बेपत्ता बनाउने, उनीहरुको हत्या हुने क्रम अझै नरोकिएको अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्था ह्युमन राइट्स वाचले उल्लेख गरेको छ ।

संस्थाले अघिल्लो महिना मात्रै मुलुकमा पूर्ववर्ती सरकारको मातहतमा रहेको अफगान राष्ट्रिय सुरक्षा बल (एएनएसएफ) का ४७ सुरक्षाकर्मी, प्रहरी, गुप्तचर निकायका सदस्य र अर्धसैनिकको गैरन्यायिक हत्या गरिएको एवम् बेपत्ता पारिएको उल्लेख गरेको छ ।

अफगानिस्तानको गजनी, हेल्मण्ड, कन्दाहार र कुन्दुज प्रान्तमा यस्ता घटना बढी हुने गरेको भएपनि पाक्टिया, पाक्टिका, खोस्त प्रान्तमा पनि यस किसिमका घटना हुने गरेको पाइएको ह्युमन राइट्स वाचको प्रतिवेदनमा उल्लेख छ ।

प्रकाशित मिति : १५ पुस २०७९, शुक्रबार  ९ : १५ बजे

रसुवाको पुकार, ‘सरकार, फेसबुकमा होइन, हाम्रो आँगनमा आइदिनुस्’

रसुवा- भोटेकोसी र त्रिशूलीको किनारमा ६ दिनदेखि त्रास, अभाव र

‘केन्द्र सरकारले समन्वय गरेन, मन्त्रीहरू टुरिस्ट शैलीमा आउँछन्, बाढी प्रभावित पालिका निरीह भयौँ’

काठमाडौं- नुवाकोटको किस्पाङ गाउँपालिका कार्यवाहक अध्यक्ष अर्जुन न्यौपानेले बाढी प्रभावित

अमेरिका–दक्षिण कोरिया–जापानको संयुक्त सैन्य अभ्यासप्रति उत्तर कोरियाको आपत्ति

एजेन्सी– दक्षिण कोरिया, संयुक्त राज्य अमेरिका र जापानले सेप्टेम्बरमा आयोजना

परराष्ट्रले भन्यो- ३८ देशका करिब ५९० विदेशी नागरिक अझै सम्पर्कविहीन छन्

काठमाडौं– परराष्ट्र मन्त्रालयले ३८ देशका करिब ५९० विदेशी नागरिक अझै

रसुवा बाढी : ३३० जनाको उद्धार, सुरुङमा खोजीकार्य जारी

रसुवा– रसुवामा यही भदौ १० गते भोटेकोशीमा गएको बाढीका कारण