सरकारमा सहभागिताबारे एकीकृत समाजवादीले आज निर्णय गर्ने | Khabarhub Khabarhub

सरकारमा सहभागिताबारे एकीकृत समाजवादीले आज निर्णय गर्ने


१६ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी)ले सरकारमा सहभागिताको विषयमा आज टुङ्गो लगाउने भएको छ।

पार्टी कार्यालय आलोकनगरमा बिहान ११ बजे सुरु हुने स्थायी समितिको बैठकले सरकारमा सहभागी हुने/नहुने वा प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गर्ने/नगर्ने भन्नेबारे निर्णय लिनेछ।

साथै बैठकमा निर्वाचनमा पार्टीले प्राप्त गरेको परिणामको समीक्षा, पछिल्लो पटक विकास भएको राजनीतिक घटनाक्रममा पार्टीले निर्वाह गर्ने भूमिका र आगामी दिनका लागि रणनीति तथा कार्ययोजनालगायतका विषयमा पनि छलफल हुने केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

अध्यक्ष माधवकुमार नेपालले जनवर्गीय सङ्गठनका साथै प्रवासमा रहेका पार्टी निकट सङ्गठन, शुभेच्छुकसँग सुझाव लिइसकेका छन् ।

प्रकाशित मिति : १६ पुस २०७९, शनिबार  ७ : २३ बजे

तीन उद्योगले तिरे ‘डेडिकेटेड’ तथा ‘ट्रङ्कलाइन’को विद्युत् महसुल बक्यौता किस्ता

काठमाडौं – डेडिकेटेड तथा ट्रङ्कलाइनबाट विद्युत् उपभोग गरेका उद्योगले प्रिमियम

बोटमै जुनार कुहिन थालेपछि कृषक चिन्तित

सिन्धुली – जिल्लाकै सबैभन्दा बढी जुनार उत्पादन हुने गोलञ्जोर गाउँपालिकाका

जेनजी आन्दोलनमा तोडफोड र लुटपाट गर्नेमाथि अविलम्व कारबाहीको माग

मोरङ – जेनजीका नाममा सरकारी तथा निजी सम्पत्ति तोडफोड र

ध्वनि प्रदूषण नियन्त्रण गर्न ट्राफिक प्रहरीको विशेष अभियान सुरु

काठमाडौं – काठमाडौँ उपत्यकामा सवारी साधनबाट हुने ध्वनि प्रदूषण नियन्त्रण